Home / Feature Breaking news / सामाजिक रुपान्तरणका लागि संघर्षशिल कालिका

सामाजिक रुपान्तरणका लागि संघर्षशिल कालिका

पार्वती बस्नेत
दाङ,६ असार । महिला त्यसमाथि पनि एकल महिला भएकै कारण घरबाट निस्कन कम्ती सकस थिएन घोराही उपमहानगरपालिका वाड नम्बर ३ गैरीगाँउ निबासी कालिका मगरलाई,२०६५सालमा कालिकाको श्रीमान्को मृत्यु भएपछि २ नाबालक छोरासहित घरको सम्पुर्ण जिम्मेवारी कालिकाको काँधमाथि आईपर्यो । घरको जिम्मेवारी सँगै सामाजिक जिम्मेवारी पनि अब्बल तरिकाले सम्हाल्न पुगेकी मगरको जिन्दगीमा अहिले केहि सुखका घेराहरु देखिन थालेका छन् ।

क्यान्सर बाट बिरामी परेर थला परेका श्रीमान्को औषधि उपचार गर्दागर्दै लाखौ रुपैया ऋणधन गरेरै खर्च गरेपनि श्रीमान्लाई बचाउन नसक्दाको पिडादायि अनुभव छ मगर सँग,२बर्षको काखे छोरा र १ कक्षामा पढ्ने छोरा अहिले १२ र १० कक्षामा पढ्ने भएका छन् । देवर जागिरे भएपछि अहिले घरखर्च चलाउन केहि राहत मिलेको कालिका मगरले बताउनुभयो। बि.स.२०४० सालमा बंगालाचुलि गाँउपालिका हाँसीपुरमा जन्मिनुभएकी कालिकाले धेरै पढन पाउनुभएन,बिबाह बन्धनमा बाधिएको ९बर्षमै श्रीमान् गुमाएपछि कालिकाको जिबनमा अन्धकार सँगै सम्पुर्ण जिम्मेवारी आईपर्यो ।

कालिकालाई श्रीमान् गुमाउनुको पिडा त थियो नै तर घर ब्यवहार चलाउने र छोराहरुको भविष्यको झनै ठुलो चिन्ता थियो,मनमा अनेकौ पिडाका बाबजुद पनि कालिका निडर भएर तत्कालिन महिला बिकास परियोजना अन्र्तगत शुरु भएको महिला समुहमा बि.स.२०६७ सालमा आवद्ध हुनुभयो र कालिका कै नेतृत्वमा २५जनाको समुहमा ज्योति परिवार महिला समुह गठन गरियो ।

समुह गठन भएपछि ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र हेफर ईन्टरनेशनल नेपालले बिभिन्न किसिमका तालिमहरु जस्तै किसानहरुका लागी आधारशिला तालिम,बाख्रापालन तालिम,प्रजनन स्वास्थय तथा सरसफाई तालिम,पुर्ब सहकारी शिक्षा तालिम,मौसमी तथा बेमौसमी तरकारी खेति तालिम,घाँस बिउबिजन सहयोगका साथै घाँस उत्पादन सम्बन्धि तालिम,भान्सा ब्यवस्थित र स्वास्थ्यका लागी सुधारिएको चुल्हो,बाख्राको लागी आधुनिक खोर निर्माण सहयोग तथा खोर निर्माण तालिम लगायतका बिभिन्न तालिमहरुले आफुलाई बाहिरका धेरै कुरा जान्ने र बुझने बनाएको कालिकाले बताउनुभयो ।

शुरुका दिनमा हुनेगरेका ति तालिमहरु र समुहमा बस्दा घरवाट निस्कन निक्कै रोकतोक हुन्थ्यो र आफुले अनेकौ कुराहरु समेत सुन्नपथ्र्यो ति दिन सम्झदा निक्कै दुःख लाग्छ कालिकाले आफनो दुखेसो सुनाउनुभयो । कालिकाले शुरुका दिनमा पाएका तालिमहरु र उपहारस्वरुप पाएको २वटा बाख्राले गर्दा नै आफनो जिविकोपार्जनमा टेवा पुगेको बताउने कालिकाले अहिले बर्षेनि १देखी डेढ लाख रुपैयासम्मको खसीहरु बिक्री गर्न थाल्नुभएको छ ।

अहिले कालिकाको खोरमा १०वटा बाख्राहरु रहेका छन् यतिमात्रै होईन कालिकाले तरकारी खेतिपनि गर्दै आउनुभएको छ भने थोरै भएपनि लोकल कुखुरा र बगुंरपालन गर्नुभएको छ,बर्षेनि तरकारी,लोकल कुखुरा र बंगुर बिक्री गरेर कालिकाले ३लाखसम्मको कारोबार गर्दै आउनुभएको छ। कालिकालाइ अहिले आफुले उत्पादन गरेका सामाग्रीहरु बिक्री गर्नका लागी बजारको अभाव छैन् यसको लागी आफु आवद्ध घोराही ३ झिङ्गनीमा रहेको सुुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले बजारिकरणको भुमिका निर्बाह गरिदिदै आएको कालिकाले बताउनुभयो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र हेफर ईन्टरनेशनल नेपालले अहिले पनि आफु आबद्ध सहकारीलाई सबलीकरणका सवालमा सहयोग गर्दै आएको छ । सहकारीमा परियोजना मार्फत सहयोग (काम) हुन थालेपछि बजारीकरण लगायत सहकारी सम्बन्धि अन्य जानकारी पाउन थालेको बताउदै कालिकाले आफुले उत्पादन गरेको सम्पुर्ण सामाग्री सहकारी मार्फत बिक्री गर्दा सहकारीमा आवद्ध शेयर सदस्यहरुलाइ नै फाईदा हुने गरेको कालिकाले बताउनुभयो ।

बिगत सम्झदै कालिकाले भन्नुभयो “२०६७ सालतिर समुह बस्दा निक्कै दुख कष्ट थियो १०रुपैया मासिक बचत उठाउन हम्मेहम्मे पथ्र्यो तर अहिले आफुले मासिक बचत मात्रै १हजार गर्न थालेको छु,आफुलाई शुरुवातमा समुहमा लागेपछि बिग्रन्छे भन्नेहरुले अहिले सहकारी भएकै कारण आफुले बिनाधितो कर्जा लिन पाएको,रसायनिक मलको सुबिधा लिन पाएको र उत्पादित सम्पुर्ण सामाग्रीहरुको बजारीकरण समेत गर्दिने भएकाले पनि आफुलाई आजभोलि गाँउ समुदायले नै यो कालिका त जानेरै समयमै समुहमा बसेको रहिछ भन्ने गर्छन त्यत्तिमात्रै होईन् गाँउलेहरुले कालिकाले धेरै कुरा बुझेकि छे त्यसैले गर्दा उनले भनेको मान्नुपर्छ भनेर चर्चा समेत गर्न थालेकोे कालिकाले बताउनुभयो” ।

कालिका आफैले पनि समय समयमा आफनो कृषि ब्यावसायलाई चलायमान बनाउनका लागी सहकारी बाटै बिना धितो कर्जा लिदै आउनुभएको छ भने अहिले पनि कालिकाले २लाख कर्जा ल्याएर आफनो बाख्रापालन र तरकारी खेति गर्दै आउनुभएको छ। कृषि पेशाले नै आफुलाई अहिले आर्थिक रुपमा केहि सबल बनाउदै लगेकोमा खुसी ब्यक्त गर्दै कालिकाले हरेक महिलाहरु आर्थिक रुपमा सक्षम हुनका लागी आफुले जानेको र सिकेको सिपलाई निर्खार्दै लगनशिल र आत्मबिश्वासका साथ काम गरेमा सफलता प्राप्त गर्दै जाने कालिकाले बताउनुभयो ।

बाख्रापालन,तरकारी खेति र सहकारीमा रमाउदै आएकी कालिकालाई ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र हेफर ईन्टरनेशनल नेपालको परियोजना मार्फत सहकारीमा आएको सेवा सुबिधाले धेरै दिदिबहिनिको जिबन परिवर्तन गर्न सक्षम रहेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*