Home / समाचार / सभ्य समाज निर्माणको लागि चेतना

सभ्य समाज निर्माणको लागि चेतना

तुलसीपुर ५ माघ । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति दाङ प्रमुख जितेन्द्रमान नेपालीले सभ्य समाज निर्माणका लागि चेतना फैलाउन आवश्यक रहेको बताएका छन ।

नेपाल उत्पीडित जातिय मुक्ती समाजको तुलसीपुरमा भएको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । समाजमा अझै पनि जातिय विभेद कायमै रहेको हुदा चेतनाको आवस्यकता रहेको उनले बताए । सीप र कलाका हिसावले दलित भरीपुण छन’ कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेपालीले भने ‘ तर दलित समुदाय अझै विभेदमा छन । अव दलित समुदाय एक जुट भई अघि बढ््नुपर्नेछ ।’

जिल्ला भेला तयारी समितिका अध्यक्ष झुपलाल नेपालीको अध्यक्षतामा भएको भेलामा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मीे,वडा नम्बर १२ कि वडा सदस्य टिका कुमारी विक,वडा नम्बर ६ कि वडा सदस्य यमुना परियार र राजाराम रैदासले मनतव्य राखेका थिए ।

भेलाको सहजिकरण वडा नम्बर ६ कि वडा सदस्य युवा कराराले गरेकि थिईन । यसैविच भेलाले राजाराम रैदासको संयोजकत्वमा १९ सदस्यीय नगर कमिटि गठन गरेको छ । भेलाले माघ ११ गते नेकपाको पार्टी कार्यालय घोराहीमा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा व्यापक सहभागिता जनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*