Home / समाचार / सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे ९७ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे ९७ हजार

सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य आइतबार थियो।

आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*