Home / Feature Breaking news / देशमा राजनीतिक संकट छैनः महामन्त्री शर्मा

देशमा राजनीतिक संकट छैनः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले देशमा राजनीतिक संकट नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताएका हुन्।

‘राजनीतिक सङ्कट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ । ती संकटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौं। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ,’ महामन्त्री शर्माले भने।

उनले जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा आर्थिक र सामाजिक रुपान्तरण नै रहेको बताए ।

‘त्यसका लागि हामी एकमत हुन आवश्यक छ,’ महामन्त्री शर्माले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*