दाङ,१५ कार्तिक । ट्राफिक नियमको पालना नगरी मनपरी तरिकाले चल्ने अटोलाई ट्राफिक प्रहरीले कारवार्हीमा कडाई गरेको छ । ट्राफिक नियमको पालना नगरी चल्दा बजारमा सवारी दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले ट्राफिक नियमको पालनामा कडाई गरेको छ । ट्राफिक नियमको पालना नगर्ने अटो नियन्त्रणमा लिएर कारवार्ही गर्न सुरु गरेको हो ।
सवारी अनुमति पत्र लाईसेन्स विना अटो चलाउने, सहरी क्षेत्रमा तोकिएको स्थानमा पार्किङ नगर्ने, जहाँ पायो त्यहीबाट अटो फर्काउने अटोहरुलाई नियन्त्रणमा लिएर कारवार्ही गनृ सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिएका छन । प्रमुख रेग्मीका अनुसार ट्राफिक प्रहरीले शुक्रवार जिल्लामा एक सय बढि अटोलाई नियन्त्रत्रणमा लिएको छ ।
ट्राफिक प्रहरी प्रमुख रेग्मीका अनुसार घोराही र तुलसीपुर क्षेत्रका विभिन्न स्थानबाट करिव दुई सय अटो नियन्त्रणमा लिएर कारवार्ही गरिएको छ । नियन्त्रणमा लिएका अटोलाई लाईसेन्स नभएकाहरुलाई एक हजार जरिवानासहित लाईसेन्स नहुदासम्मका नचलाउने सर्तमा छोडिने बताए । घोराहीमा आठ सय बढि र जिल्लाभर चार हजार अटो रिक्साहरु रहेका छन ।
RaptiSandesh RaptiSandesh