देवेन्द्र बस्नेत
‘बासमती चामला फूलबुट्टे थालमा दर पकाई खाने हो’ ठूलो हलमा झ्याउरे लयमा तीजको भाका गुन्जिरहेको थियो । वरी परि महिलाहरुले ताली बजाईरहेका थिए भने अघिल्तीर सुन्दर पहिरनमा सजिएका ‘डान्सर’ हरु गीती भावमा ‘स्टेप’ हान्दै थिए । उनिहरुको यो दृष्य क्यामेरामा कैद भैरहेको थियो । ‘एक्सन ÷कट’मा थिए निर्देशक सुदन थापा । संगितकार तथा गायक यादव योगीको तीज गीतमा भैरहेको भिडियो ‘सुट’मा उत्कृष्ट लयमा थिईन मोडल अर्चना केसी । त्यसोत उनको रुपको तारिफ उनि सहभागी भएका कार्यक्रमहरुमा चुलिन्छ । हलक्क जिउ डालले गीती लयमा ताल मिलाउँदा उनलाई ‘उत्कृष्ट मोडल’ देख्नेहरुको ताँतीनै चल्छ । दर्शक दिर्घामा उनको तारिफ गर्नेहरुको प्रतिष्पर्धानै चल्छ ‘वाह ! क्या बोल्ड ।’
शनिवार तीज गीतको भिडियो निर्माणका क्रममा पनि उनि उहि रुपमा प्रस्तुत भईन जहाँ उनलाई ‘चर्चित मोडल’को ‘लख’ काट्नेहरु कति उब्जिए कति । पीताम्बर रिजालको शब्द तथा यादव योगीको संगितमा रहेको तीज गीतको भिडयोमा अर्चनाले उस्तै कौशलता देखाईन् । त्यसोत उनी नृत्यमा उत्तिकै अब्बल छिन्,जति कथाले माग्छ । उनको यहि कौशलताकै कारण उनलाई अब्बल नृत्यांगना अनि लयमा रहेकी मोडलको रुपमा चिनिन्छीन् । उनि प्रतिको यहि गुनगानले झनै उत्साह चुलिन्छ, अनि उपद्रै बन्छ ‘नामी मोडल’ बन्ने चाहना । ‘धेरै मेहनत गरेर नामी मोडेल बन्ने सपना देखिरहेकी छु,’अर्चनाले भनिन् ‘त्यसका लागि अहिले स्ट्रगलमा छु ।’ अर्चना अनुभवी मोडल हुन् । नेपाली चलचित्र देखि गीतको म्युजिक भिडियोको ‘रोल’मा जमेकी उनि यतिमै आँफूलाई अब्बल भने मान्दिनन् । भन्छिन् ‘म त्यो स्थान सम्म पुग्न चाहन्छु,जहाँ देशले चिनोस्,म त अहिले सुरुवाती चरणमै छु जस्तो लाग्छ ।’
अर्चनाको यो चाहना अहिले उब्जिएको हैन । सानै देखिको उनको ‘हाउभाउ’ ले पनि यो पुष्टि गथ्र्योकि अर्चनाको रहर कलाकारीतामा उपद्रो बन्ने छ । उनकी आमा निरा भन्छिन् ‘सानै देखि नाच्ने अनि मोडल बन्ने उपद्रै रहर देखाउँथि ।’ त्यहि चाहना मौलाउँदै गयो अनि अहिले ‘स्क्रिन’ मा मोडल बनेर उपस्थिती जनाउन समक्ष भईन अर्चना । ‘म सानै देखि यो फिल्डलाई धेरै मायाँ गर्थे,’उनले भनिन् ‘त्यहि बाल्यकाल देखिको चाहनाले पनि मलाई यहाँ सम्म आउन प्रेरित गरेको हो ।’
त्यसोत उनका बाबु रमेश र दिदी अर्पणा उनको अरिअरका लागि बढि प्रेरणा बनिदिए । बाबुको भुमिका सम्झँदै अर्चनाले भनिन् ‘बुवाले मलाई मोडल सम्झेर अन्तरवार्ता लिए जस्तो गर्नुहुन्थ्यो, अनि अभिनय गर्न लगाउनु हुन्थ्यो ।’ उनकी दिदी अर्पणा पनि मोडल थिईन् । दिदीको कलाकारीता मोहले पनि अर्चनालाई झनै धेरै छोयो । कलाकारीतामै रमाउने उनको एकमात्रै चाहना बेस्सरी चुलिँदै गयो, अनि उनि स्टेज कार्यक्रमहरुमा व्यस्त बन्न थालिन् । ‘म सुरुमा स्टेज कार्यक्रममा डान्सका लागि बोलाईन्थेँ,’उनले भनिन् ‘स्टेज डान्सबाटै म बिस्तारै चिनिन थालेँ ।’ यसै दौरानमा उनका लागि चलचित्रको नायिकाको लागि अफर आयो । अर्चनाका लागि यो ठूलो अवसर थियो, उनले ओके गरिदिईन् । उनिद्धारा अभिनित चलचित्र ‘सुपर हिरो’ प्रदर्शनमा आउने तयारीमा छ । उनि यो चलचित्र सुपर हिरोमा सुपर हिरोईन बनेकी छन् ।
नेपाली चलचित्रबाट कलाकारीता फिल्डमा डेब्यु अर्चना त्यस यता अहिले म्युजिक भिडियोमा ब्यस्त बन्न थालेकी छन् । उनले अहिले सम्म सात वटा गीतमा अभिनय गरिसकेकी छन् । ‘केहि समय मात्रै भएको छ, म यो क्षेत्रमा औपचारिक रुपमा पाईला सुरु गरेको ,’उनले भनिन् ‘यो अवधिमा एउटा चलचित्र संगै सात वटा गीतमा अभिनय गर्ने अवसर पाएँ ।’ चलचित्रको अभिनय पश्चात उनले ‘मुगलान छिरौँला’ बोलको गीतबाट म्यूजिक भिडियोको काम सुरु गरिन् । त्यसपछि ‘फूलै फूल तिमीलाई’, ‘संसारको ठूलो त्रिशुल’,‘नरोई नरोई बिदाई गर्न आउ’,‘रुप धन सुख संग साईनो जोड्नेको’,‘साली हो बरको छायाँले’ लगाएतका गीतमा अर्चनाले सशक्त कला प्रस्तुत गरेकी छन् । यो संगै डिसहोम, कोकाकोला,तथा फोकस सर्फको बिज्ञापनमा समेत अभिनय गरेकी छन् । उनको यहि अनुभवले अहिले गीत तथा चलचित्रको अफर आईरहेको छ । उनले थपिन् ‘गीतका लागि धेरै अफर आको छ,हेरौँ कति सम्म गर्न सक्छु ।’ त्यसोत उनका लागि आएको चलचित्रको अफरलाई भने अस्वीकार गरिदिएकी छन् । यसको कारण हो उनको अध्ययन । हाल घोराही स्थित पद्मोदय पब्लीक उच्चमाविमा १२ मा अध्ययनरत उनले पढाईलाई बढि प्राथमिकता दिईरहेकी छन् । ‘फिल्ममा काम गर्दाखेरी महिना दिन भन्दा बढि समय लाग्छ,’उनले भनिन् ‘त्यति लामो समयको ग्याप पढाईका लागि धेरै असर पुगिहाल्छ,त्यसैले अहिले फिल्मको काम नगर्ने योजना बनाएकी छु ।’ गीतको काम गर्दा थोरै समय लाग्ने भएकाले त्यसलाई ‘मेन्टेन’ गर्न सकिने भएपनि चलचित्रका लागि अहिले काम नगर्ने उनको योजना छ ।
अर्चना आईटम डान्समा मज्जासंग जम्छीन् । तर उनले अहिले सम्म यो अवसर भिडियोका लागि पाउन सकेकी छैनन् । भन्छिन् ‘मेरो मुख्यतः आईटम डान्स हो,तर अहिले सम्म मेरो चाहना अनुसारको काम गर्न पाएकी छैन ।’ अहिले कलाकारीतामा जम्दै गरेकी अर्चना यसपछिको अध्ययनसंगै कलाकारीतालाई अँझ निखार ल्याउने योजनामा छिन् । स्नातक अध्ययनका लागि काठमाडौँ जाने योजनामा रहेकी उनि काठमाडौँमै अभिनय तथा नृत्यको थप औपचारिक ज्ञान लिएर यो फिल्डमा झनै सशक्त बनेर उदाउने योजनामा छिन् । ‘म अब अध्ययनसंगै काठमाडौँमा बसेर अभिनय अनि डान्स बारे धेरै ज्ञान लिएर अँझ बढि सशक्त बनेर आउने योजनामा छु,’उनले भनिन् ‘ज्ञान सीपले मान्छे खारियो भने काम गर्न सजिलो पनि हुने र उसको क्षमता पनि सशक्त देखिन्छ ।’