Home / Feature Breaking news / एमसीसी संशोधन गर्न आवश्यक छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री

एमसीसी संशोधन गर्न आवश्यक छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने बताएका छन् । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्‍न बिहीबार सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढी आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशोधन गर्नु नपर्ने बताए ।

उनले एमसीसीबारेमा झूठा प्रचार गरिएको बताउँदै विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुने भन्दै यसबारेमा अनावश्यक हल्ला गर्नुको कुनै तुक नरहेको बताए ।

त्यस्तै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन् । प्रधानमन्त्री देउवाले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएको देख्दा आफू दुःखी भएको बताउँदै तत्काल बाढी पहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेजमार्फत राहत उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री देउवा आज कैलालीका विभिन्न बाढीपीडित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*