Home / Feature Breaking news / घोराहीका वडाअध्यक्ष सहित १३ जना जुवाडे ४ लाख रकम सहित पक्राउ
फाईल तस्वीर

घोराहीका वडाअध्यक्ष सहित १३ जना जुवाडे ४ लाख रकम सहित पक्राउ

घोराही, ३ कार्तिक

प्रहरीले घोराहीमा १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद ४ लाख रकम सहित पक्राउ गरिएको हो । आईतवार राति घोराही उपमहानगरपालिका वडा नं .१५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

होटलको कोठा नम्ब्र १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो । अर्याल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिका वडा नं.१८ का ४५ बर्षिय कृष्ण बहादुर घर्ती, घोराही १४ बस्ने बर्ष ६४ को नारायण प्रसाद अधिकारी, घोराही .१८ बस्ने बर्ष ४१ को माधव भण्डारी, घाृराही १७ बस्ने बर्ष ३७ को बिक्रम के.सी, घोराही १८ बस्ने बर्ष ४६ को लंक बहादुर बुढा, घोराही १८ बस्ते बर्ष १८ को सागर बुढा, तुलसीपुर उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष ३२ को प्रबिन रावत र राप्ती गा.पा. वडा नं.२ पाखापानी बस्ने बर्ष ३० को तेज प्रसाद आचार्यलाई पक्राउ गरिएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने बर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने बर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै बर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने बर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कविराज रोकायको नेतृत्वमा रहेको प्रहरीले दुबै ठाउँमा छापा हानेर जुवाडे पक्राउ गरेहो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*