Home / Feature Breaking news / सिसा सगुनले शुरु गर्याे युवालाई चार प्रतिशत ब्याजमा कर्जा लगानी

सिसा सगुनले शुरु गर्याे युवालाई चार प्रतिशत ब्याजमा कर्जा लगानी

दाङ, ११ जेठ

दाङको घोराहीमा रहेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यवसाय गर्न चाहने युवाहरुका लागि ४ प्रतिशत ब्याजमा कर्जा लगानी गर्न शुरु गरेको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवाहरुलाई प्रतिव्यक्ती २ लाख रुपैया रकम दिएर उनीहरुलाई व्यवसायी बनाउन शुरु गरेको सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम बारे जानकारी दिन शनिवार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शर्माले कोषसँग ५० लाख रुपैया ऋण सम्झौता भएको र त्यसमध्य पहिलो चरणमा २५ लाख रुपैया तत्काल कर्जा प्रवाह गरिने बताउनुभयो ।

कोषको ब्यवस्था अनुसार कोषको रकम कर्जाका रुपमा लैजानेहरुले शुरुमा १० प्रतिशतका दरले नियमित मासिक अनिवार्य रुपमा ब्याज बुझाई सवै ऋण चुक्ता भइसकेको अवस्थामा उनीहरुले तिरेको ब्याजको ६ प्रतिशत रकम फिर्ता पाउने ब्यवस्था गरिएको छ ।

स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० बर्षसम्मको नेपाली नागरीक हुनु पर्ने, सहकारी संस्थाको कार्य क्षेत्र भित्र बसोवास गर्ने र व्यवसाय संचालन गर्नुपर्ने, संस्थाको नियमानुसार सदस्यता लिई मासिक रुपमा अनिवार्य बचत गर्नुपर्ने, पुरानो शेयर सदस्यहरुको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने,आफूले गर्न चाहेको व्यवसायको व्यावसायीक परीयोजना बनाई पेश गर्नुपर्ने,पारीवारीक सदस्यहरुको सम्पूर्ण विवरण,पारीवारीक व्यवसायहरुको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका ब्यवस्था गरिएको छ ।

अब उनीहरुले उक्त रकमबाट ब्यासाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने ब्यवस्था समेत गरिएको संस्थाले जनाएको छ ।

संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर एस.इइ पास गरेकालाई ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई १ लाख ५० हजार,स्नातक उत्तीर्ण गरेकालाई ३ लाख, स्नातकोत्तर उत्तीर्ण गरेकालाई.५ लाख रुपैयासम्म ऋण लगानी शुरु गरेको हो ।

यसैबिच ब्यावसाय गर्न आवेदन दिएका युवाहरुका लागि युवा स्वरोजगार कर्जा सम्वन्धि अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता एंव कोषकी जिल्ला अनुगमन समितिकी सदस्य सचिव प्रतिक्षा बस्नेत प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

संस्थाका कोषाध्याक्ष नवराज भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार हेमराज शर्मा, ऋण समिति संयोजक ध्रुव पौडेल, लेखा समिति संयोजक केशव रिजाल लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सह-व्यवस्थापक प्रकाश अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरुले आफूले अब ब्यवसाय शुरु गर्ने, संस्थासँगको समन्वयमा अन्य कार्यक्रम सञ्चालन गरी आफू स्वरोजगार हुने प्रतिवद्धता ब्यक्त गरेका छन ।

२०६५ सालमा स्थापना भइ हाल दाङको नमुना सहकारीका रुपमा पहिचान बनाउन सफल सिसा सगुन बचत तथा ऋण सहकारी संस्थामा ५ सय ९४ सेयर सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*