Home / समाचार / मतदाताको आशिर्बाद लिदै मत माग्दै केसी

मतदाताको आशिर्बाद लिदै मत माग्दै केसी

दाङ, ५ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार सुरेशबहादुर केसीले प्रचारलाई तीब्र बनाउनुभएको छ ।

पार्टीका नेता, कार्यकर्ता र शभ चिन्तकको सहभागीतामा केसीले प्रचारलाई तीब्र बनाउनुभएको हो ।

घोराही १६ को वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका केसीले वडाका सबै टोलमा अभियानलाई तीब्र बनाउनुभएको हो ।

नेता कार्यकर्ताको सहभागीतामा केसीले सबै टोलमा अभियानलाई पु¥याउन लाग्नुभएको छ ।

केसीको नेतृत्वमा बिहीबार (आज) वडाका शक्ति, सिर्जना र सपना टोलमा प्रचार अभियानलाई लग्नुभएको छ ।

प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज जीवन गौतम, जिल्ला सचिब सुबास पुन, कार्यालय सदस्य अजयदिप शर्माको सहभागीता रहेको थियो ।

प्रचारका क्रममा वडाध्यक्ष पदका उम्मेदवार केसीलाई मतदाताले जितको शुभ कामना तथा आशिर्बाद दिएका छन् । साथै उम्मेदवार केसीले मतदातासंग आफुलाई जिताउन अपील गर्नुभएको छ ।

साथै आफुले जितेमा वडाको बिकास समृद्धिका लागि भूमिका खेल्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*