Home / Feature Breaking news / दाङमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने

दाङमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने

दाङ,२४ साउन । दाङमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङको आयोजना घोराहीमा प्रतियोगिता हुन थालेको हो ।

नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय प्रतियोगिता आगामी पुस १३ गतेदेखि १६ गतेसम्म चार दिन गर्न थालेको जानकारी दिएको हो । कोरोनाका कारण सुस्त बनेको खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै खेलाडीको स्तरवृद्धि र खेलक्षेको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ । ‘खेललाई विकासका लागि सातै प्रदेशका खेलाडीलाई समेट्ने गरी दाङमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता गर्दैछौँ, यसले खेलाडीमा खेलप्रति आकर्षण बढाउने हामीले अपेक्षा गरेका छौँ’–केन्द्रीय अध्यक्ष घर्तीमगरले भने–‘प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासमा मद्धत गर्नेछ ।’ उनका अनुसार प्रतियोगितामा समेनार समेत हुने भएकाले खेलाडी,प्रशिक्षक,अतिथिलगायतका करिव ७ सयको सहभागिता हुने बताए ।

अध्यक्ष घर्तिले हाप्किडो खेलकुदको विकाससँगै प्रत्यक युवालाई सभ्य,अनुसाशीत नागरिक बनाउने उद्देश्यले संघले विद्यालय तहदेखि नै खेलाडी उत्पादनलाई प्राथमिकता दिएको बताए । साथै खेलले युवाहरुको शारिरीक वृद्दि, विकास र त्यसमार्फत राष्ट्रको इज्जत उचो बनाउनेदेखि आत्मविश्वास र आत्मरक्षाका लागि सहयोग पु¥याउने बताए ।

पुसमा हुने प्रतियोगितामा खेलाडीहरुले सेल्फ डिफेन्स, डेमोन्स्टे«सन, हाईफल, लङ फलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले बताए ।

उनका अनुसार प्रतियोगितामा प्रत्यक तौल समूहमा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई नगद पुस्कार प्रदान गरिनेछ । प्रतियोगितामा बिना शुल्क खेलाडीहरु सहभागिता हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ग्लोवल हाप्किडो फेडेरेशनका अध्यक्ष तथा ग्राण्ड मास्टर हि क्वान लीलगायतका व्यक्तिहरुको उपस्थीति हुने नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई सफल बनाउनका लागि अहिलेदेखि नै तयारी थालिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसीले प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकाससँगै सञ्चार माध्यमहरुलाई समेत खेलप्रति आकर्षित गर्ने बताए । उनले दाङमा खेलकुदका संरचना निर्माण भएपनि खेलका प्रतियोगिताहरु हुन नसकेको भन्दै सञ्चार क्षेत्रले खेलकुदको विकासका लागि त्यसतर्फ समेत ध्यानदिनुपर्ने बताएका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रशिक्षक खलजीत बुढाले गरेका थिए ।

नेपाल मार्शल आर्टस हाप्किडो संघले सन २०२२ को अगस्ट महिनामा हाप्किडो सम्वन्धी काठमाडौंमा अन्तराष्ट्रिय सेमिनार गर्न थालेको छ । उक्त सम्मेलनमा विभिन्न ५० देशका प्रतिनिधिहरुको सहभागिता गराउने लक्ष्य राखिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*