Home / Feature Breaking news / खोलाले बगाउँदा आमा छोराको मृत्यु

खोलाले बगाउँदा आमा छोराको मृत्यु

दाङ,२५ साउन । दाङमा खोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजेको समयमा ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अमृता घर्ती र उनका २ बर्षीय छोरा रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्ष मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा आमाछोरालाई बगाएको थियो । खोलाले बगाएका आमा छोराको शव सिम्लेनीदेखि २ किलो मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

घर्ती छोरासहित तुलसीपुर उपमहानगपालिका–१९ पतेनी स्थीत माइती जाने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । उनीहरुको शव पोष्टमाटमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*