Home / Feature Breaking news / विप्लवले गाेठमा लुकाएकाे हतियार प्रहरीले भेटायाे

विप्लवले गाेठमा लुकाएकाे हतियार प्रहरीले भेटायाे

घोराही, ३० कार्तिक ।
दाङ प्रहरीले दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको छ ।

प्रहरिले आज बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठा सार्बजनिक गरेको हो ।

बिप्लब समुहले हातहतीयार दाङ र कपिलबस्तुको सिमाना हुदै स्थानान्तरण गर्न लागेको बिशेष गोप्य सुचनाको आधारमा ५ नं प्रदेश प्रहरि कार्यालय, जिल्ला प्रहरि कार्यालय र इलाका प्रहरि कार्यालय गढवा समेतको सयुक्त बिशेष प्रहरि टोलि परिचालीत भइ निरन्तर निगरानी र खोजतलास गर्दै जानेक्रममा हतियार फेला पारेको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो ।

हिजो बेलुकि ६ बजे गढवा र कपिलबस्तु शिबनगर नगरपालीकाको सिमानामा रहेका ३र४ वटा बेवारिसे खाली गोठमध्ये शिबनगर नगरपालीका वडा नम्बर १ तर्फको खाली गोठमा स्थानान्तरण गर्नको लागि सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा एस. एम. जि. राईफल ५ थान, उक्त राईफलको म्याग्नीन १३ थान र सोहि उक्त राईफलमा प्रयोग हुने गोलि ३ सय ९० राउण्ड फेला परेको जिल्ला प्रहरि कार्यालय दाङका प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिनुभएको छ ।

फेला परेको हातहतियार र गोलि गठ्ठा के कुन प्रयोजनको लागि कहा लैजान लागिएको थियो भन्ने थप अनुसन्धान भइरहेको एसपि भट्टराईले बताउनु भयो ।
नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियार सहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा उनीहरु हतियार छाडेर भागेको दाबी गरिएको छ छ ।

यस्तै दाङ प्रहरीले एकजना विप्लप कार्यकर्तालाई प्रक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका बडा नंम्बर १ पटेरीखोलाका ३० वर्षिये प्रतिबन्दित विप्लव समुहको सेक्सन अध्यक्ष प्रकाश बुढा मगर लाई एक्लै हिडिरहेको अबस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*