Home / Feature Breaking news / कांगेस दाङले मनायो गिरिजाप्रसादको कोईरालाको ९६ औँ जन्मजयन्ती

कांगेस दाङले मनायो गिरिजाप्रसादको कोईरालाको ९६ औँ जन्मजयन्ती

घोराही, १८ असार

नेपाली राजनितिका युग पुरुष स्वर्गिय गिरीजाप्रसाद कोइरालाको ९६ औ जन्म जयन्ती मनाइएको छ ।

नेपाली काँग्रेस दाङ तथा जिपी फाउण्डेसन जिल्ला समितीको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरी स्वर्गिय कोइरालाको शान्ति प्रक्रियाप्रतिको भुमिकाका विषयमा स्मरण गरेको हो ।

कार्यक्रममा वोल्ने नेताहरुले स्वर्गिय गिरीजाप्रसाद कोइरालाले देशमा शान्ति स्थापनाकालागी गरेको अविरल प्रयासको स्मरण गर्दै शान्तिलाइ समृद्धिमा रुपान्तरण गर्न वर्तमान सरकारले नसकेको अभिव्यक्ति समेत व्यक्त गरेका छन् ।

मुलुक तात्कालिन नेकपा माओवादी र सरकारबीचको शशस्त्र द्धन्द्धमा फसेको अवस्थामा भएको तहसनहसको अवस्थालाइ व्यवस्थापन गर्न कोइरालाले राजनितिक स्वार्थभन्दा धेरै माथि उठेर आफ्नो भुमिका निर्वाह गरेका थिए । बृहत शान्ति संझौता देखि वाह्रबुंदे सहमती र तात्कालिन निरंकुश राज्यसत्ता विरुद्धको एकिकृत आन्दोलनमा कोइरालाको भुमिका चिरस्मरणिय भएको पनि नेताहरुले बताएका थिए ।

साथै मुलुकमा जनताले लेखेको संविधान स्थापित गर्नकालागी संविधान सभाको पहिलो निर्वाचनमा पनि स्वर्गिय कोइरालाको योगदान अतुलनीय रहेको पनि सहभागिहरुको कथन थियो ।

65870111_2412900412100418_8104926754423963648_n

स्वर्गिय कोइरालाको योगदानको स्मरणगर्दै सहभागिहरुले देशका हरेक समस्या समाधान गर्ने कोइरालाले महत्वपुर्ण योग्दानले मुलुक अहिले नयां राज्य पुर्नसंरचनामा प्रवेश गरेको पनि बताएका थिए ।

कोइरालाले देखाएको वाटोमा नेपाली काँग्रेस अगाडि वढन सक्नु पर्ने उनीहरुको भनाइ रहेको छ । सहभागिहरुले कोइरालाले देखाएको वाटोमा हिडन सकेमा उनलाई सम्झनुको सार्थकता हुने विश्वास व्यक्त गरे । पछिल्लो समयमा पार्टीमा निती भन्दा पनि नेता प्रमुख हुने प्रवृति वढेको भन्दै यस प्रकारको कार्य अन्तय गर्न माग गरेका छन् ।

कार्यक्रम नेपाली काँग्रेस दाङका जिल्ला उप सभापति कमानसिंह भारतीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्राध्यापक धनेश्व पौडेलले आधार पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि सुष्मा गिरी, सुशिला थापा, शंकर गिरी, महासमिति सदस्य अनुराग यादव, देवका नेपाली, क्षेत्र नं ३ सभापति भुपबहादुर डाँगी, क्षेत्र नं २ का सभापति गिरीराज सुबेदी, क्षेत्र नं ४ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर ५ का कार्यवाहक सभापति घनश्याम ढकाल, शिक्षक संघका सचिव पूर्णबहादुर केसी, नेपाल विद्यार्थी संघ क्षेत्र नं ३ सभापति तिलक रावत, तरण दलका जिल्ला अध्यक्ष टीका घर्ती, लगाएतकाले भनाइ राखका थिए ।

नेपाली काँग्रेस जिल्ला सदस्य बालिका लम्सालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन फाउण्डेसनका जिल्ला अध्यक्ष खगराज पाण्डे गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*