लक्ष्मण बस्नेत
असार १८ दाङ ।
स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुर र सक्सेस युथ क्लब तुलसिपुर दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न सेमिफाइनल खेलमा युएनबिसि घोराहिलाई १ का विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै स्पोर्ट्स स्कुल फुटबल एकाडेमीले फाईनल यात्रा तय गरेको हो ।
खेलमा स्पोर्ट्स फुटबल एकाडेमी का जर्सी न ९ निशान बालान चन्दले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई १(० अग्रता दिलाए १ कडा प्रतिस्पर्धात्मक खेलको २९ औ मिनेटमा युएनबिसिका जर्सी न १६ का खुम घर्तिमगरले जवाफी गोल गर्दै टिमलाई १र१ गोलको बराबरी गरे ।
त्यस्तै दोस्रो हाफ्को १५ औ मिनेटमा स्पोर्ट्स फुटबलका जर्सी न १७ का निशान डागिले थप १ गोल गर्दै टिमलाई २–१ को जित दिलाउन सफल भए १ त्यस्तै बेलुका भएको दोस्रो सेमिफाइनलमा खेलमा राप्ती स्पोर्ट्स क्लब घोराहिलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै सक्सेस युथ क्लब तुलसिपुरले स्पोर्ट्स स्कुल फुटबल एकाडेमी संगको फाईनल भिड्न्त पक्का गरेको हो ।
बेल्झुण्डी रंगशालामा भएको शसक्त र शानदार खेलको पहिलो हाफ्को ९ औ मिनेटमा सक्सेसका जर्सी न ९ का खेलाडी अर्जुन नेपालीले पहिलो र दोस्रो हाफ्को ३२ औ मिनेटमा थप गोल गर्दै टिमलाई २–० को जित दिलाए ।
लिग च्याम्पियनका लागि फाईनल भिड्न्त शुक्रबार दिउसो २ बजे पछि हुनेछ । त्यस्तै क्विक्स कप अन्तर विधालय फुटबलको फाईनमा गोरखा मावि तुलसिपुर र प्रहरी स्कुल घोराही भिड्नेछन् ।