Home / Feature Breaking news / निर्वाचनमा मिडीयाकाे भूमीका: आचारसंहिताको पूर्ण पालनामा जोड

निर्वाचनमा मिडीयाकाे भूमीका: आचारसंहिताको पूर्ण पालनामा जोड

दाङ,४ कार्तिक । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा मिडिया डेक्स स्थापना गरेर निर्वाचन सम्बन्धि सम्पूर्ण सूचनाहरु एकद्वार प्रणालीबाट दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासघ दाङ शाखाको फ्रि मिडिया नेटवर्क परियोजना अन्तरगत शुक्रबार घोराहीमा भएको आम निर्वाचनमा मिडियाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शान्तिपूर्ण,निस्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गर्नका लागि सन्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

आम सन्चार मिडियाले समाजको शान्ति सुव्यवस्था नबिग्रने गरि सत्य,तथ्य र निस्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । साथै सहभागी बक्ताहरुले पत्रपत्रिका,रेडियो,टेलिभिजन,अन्लाईन सन्चार माध्यमसंगै सामाजिक सन्जालमा राखिने प्रचारका सामाग्रीलाई अनुगमन गर्नेमा जाेड दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासघका पूर्व केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले निर्वाचनलाई सफल बनाउनका लागि सन्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने भएकाले स्वतन्त्र,निस्पक्ष,शान्तिपुर्न तरिकाले सप्पन्न गर्नका लागि ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीले आचारसंहिताको कम उलंघन हुने गरि मिडियाले भूमिका खेल्नुपर्ने बताए । नागरिकलाई निर्वाचनमा बढीभन्दा बढी सहभागी गराउनेसंगै मतदाताको मतलाई सुरक्षित गर्नका लागि मिडियाले ध्यानदिनुपर्ने बताए । अहिले आफू निर्वाचन आयोगको प्रतिनिधिका रुपमा जिल्लामा रहेको भन्दै प्रमुख निर्वाचन अधिकृत कार्कीले अहिलेसम्म जिल्लामा मतदाता शिक्षाको कक्षा चलाउने नचलाउने बारेमा टुंगो नभएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनलाई उल्लास र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका साथै निर्वाचनमा नागरिकको सहभागिता बढाउने गरि भूमिका खेलिदिन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले निर्वाचनलाई सफल बनाउनका लागि संचार माध्यमहरुसंगै सन्चारकर्मीहरुले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए । उनले बिगतका निर्वाचन जस्तै यस पटकपनि संचार माध्यम र सन्चारकर्मीले आचारसंहितापालन गरे नगरेको अनुगमन गर्नका लागि नेपाल पत्रकार महासघ केन्द्रसंगै प्रेस काउन्सिलले समेत आचारसंहितापालनाको अनुगमन गर्ने र उल्लंघन गर्ने सन्चार माध्यमहरुलाई कारबाहीसंगै अन्लाईनहरुको दर्ता खारेजी गर्ने गरिएको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले निर्वाचन आयोगले बनाएको आचारसंहिता सबैले पालना गर्न सके कुनै प्रकारका समस्या नआउने बताइन ।
प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत रेवन्तबहादुर बुढाथोकीले निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन शिक्षा,आचारसंहिताको पालना र सचेतनाका लागी महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षमा भएको कार्यक्रममा निर्वाचन क्षेत्र न ३ का निर्वाचन अधिकृत डाेलनाथ न्यौपाने, क्षेत्र न १ का निर्वाचन अधिकृत मानबहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वली, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, महिला मानव अधिकार सन्जाल दाङका अध्यक्ष सुशीला पौडेल, नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम, घोराही उपमहानगरपालिका-१५ का अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल बाल संगठनका जिल्ला अध्यक्ष बिनोद केसी, जिल्ला हुलाक कार्यालयका प्रमुख शोभाराम बस्नेत, दाङ चेम्बर अफ कोमर्शका अध्यक्ष बल्देव योगीलगायतले सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण महासचिव सचिव आरके शीतलले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*