Home / Feature Breaking news / दाङमा पाँच हजार आठ सय उद्योग, कहाँ कुन उद्योग कति ?

दाङमा पाँच हजार आठ सय उद्योग, कहाँ कुन उद्योग कति ?

विमला घर्ती
घोराही, ३० साउन

आर्थिक समृद्धीका लागि उद्योगको भूमिका महत्वपुर्ण हुन्छ । दाङ जिल्लाको सवालमा घरेलु तथा साना उद्योगको संख्या उल्लेखनीय छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार दाङमा पाँच हजार आठ सय १० वटा विभिन्न प्रकृतीका उद्योगहरु दर्ता भई संचालनमा रहेका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी उद्योग घोराही उपमहानगरपालिकामा संचालन भएको देखिन्छ । जसअनुसार घोराही उपमहानगरपालिकामा दुई हजार दुई सय १५, तुलसीपुरमा एक हजार छ सय ८२, लमही नगरपालिकामा छ सय ५५, राप्ती गाउँपालिकामा तीन सय १४, गढवा गाउँपालिकामा तीन सय ४८, राजपुर गाउँपालिकामा ८४, बंगलाचुली गाउँपालिकामा ६६, शान्तिनगर गाउँपालिकामा  एक सय ७३, बबई गाउँपालिकामा एक सय ७२, दंगीशरण गाउँपालिकामा एक सय एक उद्योग दर्ता भई संचालन भैरहेका छन् ।

कुन उद्योग कति ?

घरेलु तथा साना उद्योग कार्यालयको अनुसार जिल्लामा सात सय ६३ मिल उद्योग संचालन भैरहेका छन् । कार्यालयका अनुसार घोराही उपमहानगरपालिकामा दुई सय नौ, तुलसीपुर उपमहानगरपालिकामा दुई सय ५५, लमही नगरपालिकामा ४९, राप्ती गाउँपालिकामा ४२, गढवामा ६९, राजपुरमा ४३, बंगलाचुलीमा १३, शान्तिनगरमा ३५, बबईमा २९, दंगीशरणमा २९ वटा मिल उद्योग संचालन भएका छन् ।

यसैगरी दाङमा दुई सय ७४ निर्माण सेवा (ठेक्का पट्टा) दर्ता भएका छन् । घोराही उपमहानगरपालिकामा एक सय ३२, तुलसीपुर उपनगरपालिकामा ७०, लमही नगरपालिकामा २८, राप्ती गाउँपालिकामा १२, गढवामा चार, राजपुरमा एक, बंगलाचुलीमा दुई, शान्तिनगरमा १०, बबईमा ७, दंगीशरणमा आठ वटा निर्माण सेवा रहेका छन् ।

३३ वटा वालुवा प्रसोधन उद्योगहरुमा लुलसीपुर उपमहानगरपालिकामा सात, लमही नगरपालिकामा ११, गढवा गाउँपालिकामा १२, बबई गाउँपालिकामा एउटा संचालित छन् । ६१ वटा माछापालन उद्योग संचालित छन् ।

जसमा घोराही उपमहानगरपालिकामा २२, तुलसीपुर उपमहानगरपालिकामा १३, लमही नगरपालिकामा १३, राप्ती गाउँपालिकामा चार, गढवा गाउँपालिकामा नौ वटा उद्योग रहेका छन् । जिल्लामा चार सय ४८ वटा पशुपालन उद्योग मध्ये घोराही उपमहानगरपालिकामा एक सय १०, तुलसीपुर उपमहानगरपालिकामा एक सय ३२, लमही नगरपालिकामा ४८, राप्ती गाउँपालिकामा २७, गढवा गाउँपालिकामा ४३, राजपुर गाउँपालिकामा १०, बंगलाचुलीमा पाँच, शान्तिनगरमा २२, बबईमा ३२ तथा दंगीशरणमा १९ वटा पशुपालन उद्योग संचालन भएका छन् ।

दाङमा तीन सय ८१ बहुउद्देश्यिय उद्योग संचालन भइरहेको जानकारी घरेलु तथा साना उद्योग कार्यालयले दिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा एक सय एक, तुलसीपुर उपमहानगरपालिकामा एक सय १५, लमही नगरपालिकामा ३५, राप्ती गाउँपालिकामा १९, गढवा गाउँपालिकामा १८, बंगलाचुली गाउँपालिकामा ११, शान्त्निगरमा २०, बबईमा १३, दंगीशरणमा नौ वटा बहुउद्देश्यिय उद्योग संचालन भएका छन् ।

कार्यालयका अनुसार शारिरिक सुगठन तर्फ तुलसीपुर उपमहानगरपालिकामा ६ वटा संचालन भएको पाइएको छ । प्लाइउड तथा फर्निचर तर्फ दाङमा छीन सय ९६ उद्योग दर्ता भएको जानकारी दिइएको छ । घोराही उपमहानगरपालिकामा एक सय ३५, तुलसीपुरमा एक सय ३०, लमहीमा ६०, राप्तीमा २१, गढवामा २७, राजपुरमा चार, बंगलाचुलीमा दुई, शान्तिनगरमा एक, बबईमा १४ तथा दंगीशरणमा दुईवटा उद्योग संचालित छन् ।

जिल्लामा एक सय आठ वर्कशप उद्योग संचालनमा रहेका छन् । घोराहीमा ६४, तुलसीपुरमा २७, लमहीमा आठ, राप्तीमा दुई, गढवामा दुई, राजपुरमा तीन, शान्तिनगर र बबईमा दुई दुई वर्कशप उद्योग संचालित छन् । ग्रिल तर्फ घोराहीमा ८९, तुलसीपुरमा ६८, लमहीमा ३९, राप्तीमा ३६, गढवामा १७, राजपुरमा चार, शन्तिनगरमा सात, बबईमा १२, दंगीशरणमा दुई गरी दुई सय ७४ उद्योग संचालन भएका हुन् । दाङमा ५८ वटा इट्टा उद्योग संचालित छन् । घोराहीमा २० तुलसीपुरमा २४, लमहीमा १४ वटा उद्योग संचालनमा रहेका हुन् ।

पछिल्लो समय जिल्लामा सवैभन्दा बढी फस्टाएको व्यवसायका रुपमा पोल्टीफर्म देखिएको छ । जसमा आठ सय ४१ वटा संचालित छन् । जसअनुसार घोराहीमा दुई सय ८०, तुलसीपुरमा दुई सय ८९, लमहीमा ७९, राप्तीमा ४४, गढवामा ५३, राजपुरमा ११, बंगलाचुललीमा चार, शान्तिनगरमा ३७, बबईमा ३५, दंगीशरणमा १९ वटा उद्योग संचालन भएका छन् ।

यसैगरी दाङमा सात सय ३८ होटेल तथा रेष्टुरेन्ट संचालनमा रहेको जानकारी दिइएको छ । घोराहीमा तीन सय ४९, तुलसीपुरमा एक सय ४८, लमहीमा ९७, राप्तीमा ५०, गढवामा ४८, बंगलाचुलीमा १५, शान्तिनगरमा १२, बबईमा १७, दंगीशरणमा दुईवटा होटेल तथा रेष्टुरेन्ट संचालन भैरहेका छन् ।

त्यस्तै कन्सल्टेन्सी, इन्जीनियरीङ, ६३, कोइला उद्योग चार, पाउरोटी उद्योग २१, सिमेन्ट सामाग्रिको उद्योग ३०, कम्प्युटर प्रशिक्षण केन्द्र ७०, छापा खाना प्रेस ५५, मसला उद्योग २५, बरफ उद्योग ९, सिलाइकटाई प्रशिक्षण तथा तयारी पोषाक एक सय ७०, फोटो स्टुडियो ४०, डेरी ४२, इलेक्ट्रीक मर्मत २३, ढुवानी उद्योग एक सय ७२, हाजियारी उद्योग १३, सिरक डसना उद्योग १३, फुड प्रोडक्सन उद्योग २४, कापी उद्योग १५, सुनचादी पशल ७३, क्रसर उद्योग ११, मौरी पालन उद्योग ७९ वटा, छालाजन्य जुत्ता उद्योग १०, चाउमिन तथा सस उद्योग ३० वटा, कपडा दुई वटा उद्योग संचालन भएका छन् ।

यसका साथै फोटोकपी उद्योग २६, मोटर ड्राइभिङ १७, जडिवुटी उद्योग चार, सावुन तथा सर्फ सात, साइकल मर्मत सात, टायर रिसोलिङ १४, डेन्टल क्लीनिक तथा सर्भिस उद्योग चार, सुद्ध पिउने पानी १४, मोवाईल इलेक्ट्रीक मर्मत १९, ब्युटी पार्लर ३८, बिभिद उद्योग दुई सय २६, अल्लो उद्योग १२, लेवर सप्लायर्स आठ, फ्रेस हाउस नौ, हेल्थ ल्याव २४, आर्ट उद्योग छ वटा उद्योग संचालन भैरहेको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*