Home / Feature Breaking news / बंगलाचुलीका मतदातासँग राजु खनाल

बंगलाचुलीका मतदातासँग राजु खनाल

दाङ, ४ कार्तिक ।
दाङ क्षेत्र नं २ क का उम्मेद्वार राजु खनालले वंगालाचुली गाउपालिकामा मतदाता भेटघाट गरेका छन् । शुक्रवार वंगलाचुली गाउपालिका वडा नं १ र २ मा मतदाताहरु संग भेटघाट गरेका हुन । भेटघाट संगै मतदाताहरुका गुनासाहरु समेत सुनेका थिए । समस्याको बारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्र वाट समस्या समाधान गर्ने बताएका थिए । आफु सधै जनताको साथमा रहेको बताए । ‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए । विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । जिल्लाको पहाडी क्षेत्रको रुपमा रहेको वंगलाचुलीको विकासमा विगत देखि नै पहल गदै आएको भन्दै आउदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*