हिमाल महरा
दाङ, १३ चैत्र ।
घोराहीका एक जना व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा कोरोना भाईसर बारे जनचेतना जगाउँने बोर्ड टाँस्नु भएको छ । दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष वसंन्त जोसीले जन्मदिनको अवसरमा कोरोना भाईरस विरुद्धको सचेतनामूलक बोर्ड टास गर्नु भएको हो ।
उहाँले आफ्नो ४१ औँ जन्म दिनको उपलक्ष्यमा १ सय ३० वटा जनचेतनामुलक वोर्डहरु विभिन्न ठाउँहरुमा टाँस्नु भएको हो ।
जन्मदिन को अबसरमा जोशीले घोराही, नारायणपुर, रामपुर, गोग्लि बङ्गलाचुलि सहित बिभिन्न ठाउमा कोरोना भाइरस बारे जनचेतना मुलक वोर्ड टाँस्नु भएको हो ।