Home / खेलकुद / शरण सम्झना कपः बडहरा फाइनलमा प्रवेश

शरण सम्झना कपः बडहरा फाइनलमा प्रवेश

दाङ,६ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को फाइनलमा बडहरा युवा क्वल प्रवेश गरेको छ ।

शरण सम्झना कपको दावेदार मानिएको युएनबिसीलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै बडहरा फाइनलमा पुगेको हो ।

शुक्रवार भएको सेमिफाइनल खेलमा बडहराको जितका लागि क्याप्टेन बिक्रम घर्तिमगरले एक गोल गरेका थिए । पहिलो हाफको थपिएको १ मिनेटको समयमा क्याप्टेन घर्तिले गरेको गोल नै खेलको निर्णायक भएको थियो । खेल अन्तीम समयमा क्याप्टेन घर्तिले युएनबिसीका किपरलाई फाउल गरेपछि रेडकार्ड पाएर बाहिरीएका थिए ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिवार हुनेभएको छ । प्रतियोगिताको फाइनल खेलमा आयोजक राप्ती क्वल र बडहरा युवा क्वल भिड्ने भएका छन । राप्ती विहिवार घोराहीको भरतपुर खेलम मैदानमा भएको सेमिफाइन खेलमा न्यू स्टार फुटवल एकेडेमी नारायणपुरलाई ० का विरुद्ध २ गोल हराउँदै फाइनलमा प्रव्ेश गरेको थियो ।

फाइनल खेल आज शनिवार दिउँसो २ बजे भरतपुर खेल मैदानमा हुने आयोजक राप्ती क्वलका सचिव श्यामकुमार गिरीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेलमा उपस्थीतिकालागि गिरीले सम्पुर्णमा आग्रह गरेका छन ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*