Home / Election / दाङका ३ वटै प्रतिनिधिसभाको मतगणना सुरु, बामगठबन्धनको सुरुवाती अग्रता

दाङका ३ वटै प्रतिनिधिसभाको मतगणना सुरु, बामगठबन्धनको सुरुवाती अग्रता

घोराही,२२ मंसिर । दाङका ३ प्रतिनिधिसभासहित ९ वटै प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रारम्भीक मतपरिणम अनुसार नेकपा एमाले र माओवादी केन्द्र समर्थित वामगठबन्धनका उम्मेदवारहरुको सुरुवाती अग्रता देखिएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नं.१ मा वाठगबन्धनका उम्मेदवार मेटमणि चौधरीले अग्रता लिएका छन । उनले नेपाली काग्रेसकी उम्मेदवार सुशिला चौधरीलाई पछि पार्दै सुरुवाती अग्रता लिएका हुन । करिव ५०० सय मत गणाना हुदा वामगठबन्धनका मेटमणि चौधरीको २९१ र उनका प्रतिद्वन्द्वी सुशिला चौधरीको १५५ मत रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा २ मा पनि वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ मत पाएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ मा पनि मतगणना सुरुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*