Home / Feature Breaking news / उम्मेदवारहरु खनाल, घिमिरे र न्यौपानेद्धारा मतदातालाई धन्यावाद ज्ञापन

उम्मेदवारहरु खनाल, घिमिरे र न्यौपानेद्धारा मतदातालाई धन्यावाद ज्ञापन

घोराही,२२ मंसिर

निर्वाचन क्षेत्र नं.२का नेपाली काग्रेसका उम्मेदवारहरुले मतदातालाई धन्यावाद ज्ञापन गरेका छन् । क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु खनाल,क्षेत्र नम्वर २ प्रदेशसभा १का उम्मेदवार कमलकिशोर घिमिरे र प्रदेशसभा २का उम्मेदवार भरतबहादुर न्यौपानले शुक्रवार सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मंसिर २१ गते हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने आम मतदाताहरुलाई धन्यावाद दिनुभएको हो ।

लोकतन्त्रको रक्षाको गर्दै समृद्धि नेपाल निर्माणकालागि दाङमा उत्साहजनक रुपमा सहभागी हुदै काग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउनका लागि मतदान गर्नुहुने आदरनिय आमाबुबा,दिदीबहिनी,दाजुभाई, तरुण युवाहरु,निर्वाचन कार्यालय,सुरक्षा निकाय,कर्मचारी,पत्रकारप्रति हार्दिेक धन्यावाद ज्ञापन गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

साथै दाङलाई प्रादेशिक राजधानी बनाउनेदेखि समृद्ध दाङ निर्माणकालागि आवश्यक सडक,विकट बस्तीहरुमा विजुली,खानेपानी, युवामैत्री योजना,सामाजिक सुरक्षा,खेलकुद,कृषि,पर्यटनलगायतका क्षेत्रहरुको विकासमा आफुहरु सदैव लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*