Home / Feature Breaking news / तेक्वान्दोका विक्रम

तेक्वान्दोका विक्रम

लिलाधर वली
दाङ,२१ असोज । जीवनमा जसले संघर्ष गरेको हुन्छ, उसले जिउन जानेको हुन्छ । अर्थात् संघर्ष र अभावबाट गुज्रेको व्यक्तिले नै जीवनमा सफलता हात पार्न सक्छ । तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री विक्रम बाढा मगर पनि यस्तै संघर्षका पर्याय बनेका छन् । रोल्पाको परिवर्तन गाउपालिकाको राङसीमा जन्मीएका बाठा अहिले तेक्वान्दो खेल क्षेत्रमा संक्रिय छन ।

घरपरिवारको छोरालाई फोर्स लाइनमा जागिर खुवाउने चाहाना थियो तर । उनलाई भने फोर्समा जागिर खानुभन्दा खेल क्षेत्रमै रमाउने चाहना थियो । तर रोल्पामा खेलकुदलाई राम्रो नजरले हेरिदैन थियो जसका कारण हत्तपत्त कोही खेलकुदमा लाग्ने गरेका थिएनन् । राङसीकै जनसेवा उच्च माध्यामिक विद्यालयमा पढ्दै गर्दा १२ बर्षको उमेरमा कराँते सिक्न थाले । तर खेल सिकाउदै गर्दा गुरुले जिल्ला छोडे । गुरुले जिल्ला छोडेपछि केही समय खेल पाएनन् । बरु गुरुले पहिले सिकाएको त्यही एक्साईज गर्न थाले ।bb

त्यै समयमा २०६५ सालमा गाउँले दाई हर्कबहादुर वली विदेशवाट फर्कए । उनले विदेश बस्दा तेक्वान्दोे खेल सिकेका रहिछन । उनी फर्किएपछि खेलप्रति रुचि भएका केटाहरुलाई जम्मा गएर खेल सिकाउन थाले । उनैले सिकाएको खेल सिकेका विक्रम अहिले यहाँ आइपुगेका छन । विक्रम सम्झन्छन,‘मलाई खेलकुदको क्षेत्रमा सिकाउने र अघि बढाउन हौसल्ला दिने काम हरि गुरुले गर्नुभयो,उहाँकै योगदानका कारण अहिले यहाँसम्म आई पुगेको छु ।’
अहिले विक्रम तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री भईसकेका छन । गुरु हर्क वलीको प्रेरणाले उनलाई जीनमा धेरै साहस दिएको छ । जसका कारण जीवनवाट खेलकुदलाई हटाउन चाहेनन् बरु आफनो खेल क्षेत्रलाई निरन्तरता दिदै गए । हर्क वली आइटीएफ तेक्वान्दो संघ रोल्पाका सस्थापक अध्यक्ष हुन । उनले रोल्पामा तेक्वान्दो खेल भित्राएका थिए । विकास पनि गरे जिल्लामा । तर कमजोर आर्थिक स्थीतिका कारण वली केही बर्षपछि पुन विदेश गए । ‘गुरु विदेश जाने भएपछि जिम्मेवारी मलाई दिनुभयो,गुरुले दिएको जिम्मेवारीलाई मैले सम्हादै आएको छु’ विक्रमले भने । आफुसँग सुरुमा तेक्वान्दो सिक्दाका साथीहरु अहिले कोही सरकारी जागिरेमा छन, कोही लाहुने भनेका छन तँ कोही विदेश गएर राम्रो कमाई गरि सकेका छन ।bikram...

नामका हिसाबले तेक्वादोमा जोडिनु सही भए पनि आर्थिक हिसाबले भने सन्तुष्ट छैनन् विक्रम । खेलाडीका रुपमा सवैले चिन्दा खुसी लाग्ने गरेपनि आर्थिक रुपमा अरुको भन्दा कमजोर अवस्था रहेको बताउछन । खेलका माध्यमवाट आर्थिक कमाउन नसकेपनि नाम कमाउदा पछिल्लो समय घर परिवार समेत खुशी भएको उनी बताउछन । विक्रम हालै नेपालजंगमा सम्पन्न भएको खेलाडीहरुको भेलावाट नेपाल तेक्वान्दो आइटीएफको प्रदेश नं. ५को उपाध्यक्ष समेत बन्न सफल भएका छन ।
गाउँमा सिकाउने कोही थिएन । गुरुको संगतका कारण विक्रमले थोरै भएपनि केही नियम जानेका थिए । त्यही जानेको सिप गाउँमा साथीहरुलाई जम्मा गरेर सिकाउन थाले । आफुले पनि सिक्ने र अरुलाई सिकाउन क्रम निरन्तर चलिर¥यो । विस्तरै उनै विक्रम साथीहरुको गुरुका रुपमा चिनिए ।

विक्रमले ९ बर्षदेखि तेक्वान्दो समेत सिकाउदै आएका छन । करिव ७ बर्ष रोल्पामा सिकाएका उनले पछिल्लो २ बर्षदेखि घोराहीको भरतपुरमा सिकाउदै आएका छन । यसविचमा विक्रमले धेरै प्रतियोगितामा भाग लिईसकेका छन । उन सम्झन्छन सुरुदेखि नै प्रतियोगितामा सहभागी हुनेगरेपनि २०६७देखि ०७२ सम्म धेरै प्रतियोगितामा भाग लिए । यो विचमा उनले ६ वटा नेशनल तथा १२ देखि १५ वटासम्म क्षेत्रीय गेमसमेत खेलिसकेका छन ।

यी प्रतियोगिताबाट स्वर्ण, रजत, कांस्य पदक समेत जितका छन । त्यस बेला धेरै प्रतियोगिता नहुने भएकाले आफूले थोरै पदक जितेको उनी बताउछन । त्यसपछि उनी आइटीएफ तेक्वान्दो महासंघमा आवद्ध भए । महासंघम आवद्ध भएपछि आफु मात्र खेल्ने होइन, अरुलाई पनि चान्स दिने हो भन्ने सोचका कारण खेल्न कम गरेका छन । उनी आफु स्वयम तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री भईसकेका कारण आफु खेल्ने भन्दा पनि अरुलाई मौका दिने गरेको बताउछन ।
खेलकुदमा लागेपछि पढाईलाई निरन्तरता दिन सकेनन् । कक्षा १२ पास गरेका बाठा अहिले पनि खेल क्षेत्रमै सक्रिय छन । ‘सानैदेखि तेक्वान्दैमै लागियो,तेक्वान्दो कर्म गर्ने हो’,बाठाले भने,‘यहि क्षेत्रमा कर्म गरेकाले कुनै दिन फल पनि मिल्नेछ । ’ खेलेर मात्र जीवन गुजारा नहुने देखेपछि उनी प्रशिक्षकका रुपमा समेत जीवनलाई अगाडि बढाएका छन । उनी आफैले सिकाएका दाङ, रोल्पा र प्युठानमा गरि करिव ७ सय खेलाडीहरु छन ।,

त्यस मध्य कतिपय खेलाडीले राष्ट्रिय खेलकुदका प्रतियोगिताहरुमा सहभागितासँगै उपाधि समेत जित्न सफल भएका छन । खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता नदिदा खेलाडीहरु जीवनभर खेलेर जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेको उनी बताउछन ।

२०५४ भदौ २१ गते रोल्पाको राङसीमा बुबा मस्तबहादुर बाठा र आमा चन्दकला रानाको सन्तानका रुपमा जन्मीएका विक्रम नेपाल तेक्वान्दो अन्तर्राष्ट्रिय महासंघका प्रदेश उपाध्यक्ष रहेका बाढा यसअघि मध्यपश्चिम क्षेत्रीय सदस्य, आइटीएफ तेक्वान्दो संघका राप्ती अञ्चल संयोजक, आइटीएफ तेक्वान्दो रोल्पाका अध्यक्ष भएर समेत उनले काम गरिसकेका छन ।

उनी मध्यपश्चिम प्रथम खेलकुद महोत्सव, आठौँ जुनियर १३ औँ सिनियर नेशनल च्याम्पीयनसिप प्रतियोगिता, ७ औँ एसियन तेक्वान्दो च्याम्पीयनसिप प्रतियोगिता, प्रथम लुम्विनी च्याम्पीयनसिपलगायतका प्रतियोगिता तथा साउथ एसियन अन्तराष्ट्रिय रेफ्री कोर्ष समेत लिईसकेका छन । उनले ७ औँ राष्ट्रिय गेम झापाको दमक, छैठौ दक्षिण एसियाली तेक्वान्दो च्याम्पीयनसिप प्रतियोगितामा रेफ्रीको समेत भमिका निर्वाह गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*