Home / Feature Breaking news / गाई पालेर मासिक ४५ हजार कमाई

गाई पालेर मासिक ४५ हजार कमाई

अमरराज आचार्य
दाङ, २१असोज । स्वदेशमा पढेलेखे पनि जागीर नपाएको भन्दै दैनिक युवाहरु विदेशिने गरेका छन् । तर घोराही उपमहानगरपालिका–२ मोतिपुर निवासी गोपाल खनालले व्यवसायिक गाईपालनबाट मासिक रुपमा ४५ हजार कमाउने गरेका छन् । शिक्षामा बिएड पास गरेका गोपालले अहिले गाईपालन व्यवसाय गदै आएका छन् । भने कम्युटरमा डिपलोमा गरेका छन् ।

घोराही–२ मोतिपुमा उनले आफ्नै जग्गामा गोठ निर्माण गरि ३ वर्ष अघिदेखि व्यवासायिक रुपमा गाईपालन गर्ने थालेका हुन । २०७२ सालमा गृणलक्ष्मी गाई फम दर्ता गरेर व्यवसाय संचालन गरेका हुन । समाजमा रहेको पढेलेखेका युवाहरुले जागिर खानु पर्दछ भन्ने सोचलाई परिवर्तन गरि गाईपालन व्यवासायिक सुरु गरेका हुन । उनले विभिन्न सामाजिक संघ संस्थाहरु तथा अध्ययापन गराएका थिए । तर जागिर भन्दा सानो भए पनि आफनो व्यवसाय गर्नु पर्दछ भनेर आफु गाइपालन गर्ने थालेको गोपालले बताए ।

‘अरुको जागीर गर्नु भन्दा आफनो व्यवसाय गर्नु पर्दछ भनेर व्यवसाय थालेको हु’ गोपालले भने । जागीर गरेपछि आफुलाई मात्र हुने व्यवसाय गर्दा आफनो भावी सन्ततीलाई समेत हुने भएकाले आफु यस तर्फ अगाडि वढेको उनले बताए । मेरो बुवा भारतमा स्थायी जागिरे हुनुहुन्थ्यो जागिर छाडे पछि घरमा खाली वस्नु प¥यो । यो देखेर मैले जागिर भन्दा व्यवसाय गर्नु पर्दछ भन्ने सोच लागेर सुरु गरेको हु । व्यवसायी भएपछि आफुले सक्दा सम्म आफुले गरेयो त्यसपछि आफनो सन्तानलाई पनि त्यसै कार्यमा सहभागिता हुन सक्छन् ।
उनीहरुलाई अन्य विकल्प समेत खोजि गर्नु पर्ने वाध्यता समेत रहदैन । जागीर गर्दा अरुको अधिनमा वस्नु पर्ने वाध्यता वाट समेत मुक्त भएको उनको भनाइ रहेको छ । ‘अहिले आफु स्वतन्त्र भएका काम गर्ने पाइएको छ ’ गोपालले भने । अहिले आफु विहान २÷३ घण्टा र वेलुका २÷३ घण्टा काम गर्ने गरेको बताए । दिन भरी खाली हुने गरेको समेत बताए । अहिले गाइपालन व्यवसायमा सन्तुष्ट रहेको समेत उनले बताए ।

उनले अहिले ८ वटा गाइ पालेका छन् । २ वटा गाइले अहिले दुध दिइरहेका छन् भने ४ वटा गाविनो छन् । १ बाच्छी र १ साढे समेत पालन गरेका छन् । केही समय अघि उनले १९ वटा गाई पु¥याएका थिए । तर केही गाइ मरेका थिए भने केही विक्री गरेको गोपालकोे भनाइ रहेको छ । उनले घर परिवारका ३ सदस्य र आफु सहित ४ जनालाई काममा भ्याई नभ्याई रहेको बताउँदै एक जनालाई रोजगारी दिने सोचमा रहेको पनि बताए । गाईको स्याहारका लागी मानिसहरु काम गर्न मन नगर्ने गरेको बताए । गाईपालन
मेहनतको पेशा भएकाले घर परिवारको सहयोगमा मिलेर काम गर्ने गरेको बताए ।

गाईपालन बाट भएको आम्दानीले बाल बच्चाको शिक्षा, घर परिवारको दैनिक खर्च स्वास्थ्य उपचार लगाएतको खर्च चलाउने गरेको बताए । उनले रोजगार नपाएर विदेशीने युवाहरु तथा रोजगारका लागि स्वदेशमा नै भौतारीनेलाई सानो भए पनि आफनो व्यवसाय गरे आत्म निर्भर हुन सल्लाहा दिए । पढेलेखेर कृषि पेशा गर्नु हुदैन भन्ने मान्यता त्यागनु पर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*