काठमाण्डौ, २१ असोज । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।
सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । प्रवक्ता पौडेका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २र२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिनेछ ।