Home / Feature Breaking news / दुर्घटनामा परि मृत्यु भएका ६ मध्य ५ जनाको सनाखत

दुर्घटनामा परि मृत्यु भएका ६ मध्य ५ जनाको सनाखत

दाङ,२० असोज । दाङको तुलसीपुरबाट बाँकेको नेपालगंजका लागि छुटेको हाईस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा चार जना दाङ तुलसीपुर निबासी रहेका छन्, भने एक जना सल्यानका रहेका छन् । अर्का एकजनाको भने अझै सनाखत हुन सकेको छैन् ।

मृत्यु हुनेमा तुलसीपुर निबासी ३० बर्षीया तुलसी रावत, तुलसीपुर ८ निवासी २७ बर्षीया बसन्ती चौधरी, तुलसीपुर ५ निवासी ५० बर्षीय नारायणी शिरिस र तुलसीपुर ७ निवासी ३३ बर्षीय सुगन चौधरी, सल्यान शारदा नगरपालिका वडा नं। ५ निवासी ३० बर्षीया दोर्णा बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।
तुलसी र बसन्तीको उनीहरुको साथमा रहेको परिचय पत्रका आधारमा सनाखत गरिएको हो । उनीहरुको कोहोलपुरमा उपचारका क्रममा निधन भएको हो । त्यस्तै सुगन सवारी चालक हुन्, उनको लाईसेन्सको आधारमा सनाखत गरिएको हो भने नारायणीको र दोर्णाको मोवाईलका आधारमा सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

मृतकमध्य एक जनाको अझै सनाखत हुन सकेको छैन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं। ९ को अगैया जंगलमा हाईस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । शनिबार तुलसीपुरबाट नेपालगंजका लागि छुटेको बा ५४ ख १६६२ नम्बर को हाइस र नेपालगंजबाट लमही आउँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक एक आपसमा ठोकिदा ४ जनाको घटना स्थलमा र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना हुँदा अन्य १७ जना घाईते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रक चालकलाई नियणत्रणमा लिएको छ । घटना बिहान ८ बजेर ५५ मिनेटमा भएको हो । हाईसले अन्य गाडिलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*