Home / Feature Breaking news / प्राकृतिक सम्पदाको उपयोगमा ध्यान देउ

प्राकृतिक सम्पदाको उपयोगमा ध्यान देउ

देवी भण्डारी

बबइ, १ फागुन । प्राकृतिक सम्पदाको उचित प्रयोग गर्न आबश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बबई गाउपालिका स्तरिय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भेलामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा दाङको आयोजनामा भेला भएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा दाङका अध्यक्ष धु्रब ठकुरीको अध्यक्षता तथा बबई गाउपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्वकर्माले पानी हरेक व्यक्तिसंग जोडिएकाले पानीको छुटै महत्व रहेको बताइन् । उनले खानेपानी संस्थाको साथमा बबई गाउपालिका रहेको बताउदै संस्था तथा संरचना निमार्णमा सधै सहयोग गर्ने बताइन् ।

हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिलाराम भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेत , बबई गाउपालिका वडा न. ५का सदस्य शालिकराम पौडेल, नेपाल रेडक्रस सोसाईटी पंचकुले उपशाखा सचिव दिपेन्द्रबहादुर डागीं, बबई घटेखोला रातामाटा खानेपानीका गोपिलाल केसी, हापुरे पुरन्धारा खानेपानीका सचिव अन्जु घर्ती, धारापानी खानेपानीका अध्यक्ष मानबहादुर चन्द , बबई घटे्खोला रातामाटा खानेपानीका बालिराम वली लगाएतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा दाङका सचिव केशव दाहालले गरेका थिए । भेलाले बबई गाउपालिका स्तरिय महासंघ समिति निर्माण गरेको छ । जस्सको अध्यक्षमा गोपिलाल केसी , उपाध्यक्षमा सोनिया डाँगी, सचिवमा अन्जु घर्ती, कोषाध्यक्षमा खलु वली , सदस्यमा सुवास हमाल , टेककुमारी डाँगी, रुपलाल भण्डारी, रुपा वली, शान्ता भण्डारी, प्रेरना केसी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*