Home / Feature Breaking news / कोइलाखानीमा च्यापिएर एकको मृत्यु

कोइलाखानीमा च्यापिएर एकको मृत्यु

दाङ,२७ मसिंर । दाङको कोईलाखानीमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१ दाङ्जामास्थित पशुपती कोईलाखानी उद्योगमा काम गर्ने क्रममा सोमवार दिउँसो एक जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१९ निवासी ४६ वर्षका भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहीले बताएको छ ।

कोईलाखानीको सुरुङभित्र च्यापिन जाँदा घाइते भएका घर्तीको उपचारका क्रमममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*