Home / Feature Breaking news / कांग्रेसको समानुपातिक सूची सच्याउन देउवा तयार, पदाधिकारी बैठक बस्दै

कांग्रेसको समानुपातिक सूची सच्याउन देउवा तयार, पदाधिकारी बैठक बस्दै

कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको समानुपातिक सूची सच्याउन तयार भएका छन् ।

मंगलबार साँझ बसेको पदाधिकारी बैठकमा सबैलाई मिलाएर लैजान आफू तयार भएको प्रतिवद्धता जनाएका थिए ।
उनले अहिले पनि पदाधिकारी बैठक बोलाएका छन् ।

“अहिले हामी बालुवाटारको छलफलमै छौँ,” एक पदाधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने, “सभापतिले हिजोको बैठकमै सूची सच्याउन तयार रहेको बताउनुभएको छ ।”

यसअघि तयार पारेको समानुपातिक सूचीमा शेखर– गगन समूहले विरोध गरेपछि देउवा सूची सच्याउन तयार भएका हुन् ।
उनीहरुले सूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*