दाङ, १४ जेठ
दाङका १५ जनामा एकैदिन काेराेना संक्रमण पुष्टि भएकाे छ ।
वुधवार घाेराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना, घाेराही १८ का ४ जना र लमही नगरपालिका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएकाे छ । दाङकाे गढवाका २ र ३ का एक गरि तीन जनामा यसअघि नै काेराेना पुष्टटि भईसकेकाे छ । दाङमा सक्रमीतकाे संख्या १८ पुगेकाे छ ।
यस्तै प्रतिष्ठानमा गरिएकाे पिसिअार जाँचमा रूकुमका दुई जनामा पनि काेराेना पुष्टि भएकाे छ।