दाङ, २४ असोज
दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बाह्रकुने दह परिसरमा एक कार्यक्रमको आयोजना गरि सप्ताहको समापन गरिएको हो । कोरोना भाईरस संक्रमणको समयमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने संस्थाहरुलाई समापन गर्दै सप्ताहको समापन गरिएको हो । कोरोना भाईरस संक्रमणको समयमा पनि आआफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमीका खेल्ने संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा नेपाल पत्रकार महासंघ दाङ, दाङ जिला उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, नेपाल परिवार नियोजन दाङ, नेपाल रेडक्रस सोसाईटी दाङ, नर्सीङ संघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङलाई सम्मान गरिएको थियो ।
दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एवं सांसद अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पाँच लुम्बीनी प्रदेशको राजधानी दाङ तोकीनु गौरवको विषय भएको भन्दै दाङ जिल्लाले राजधानी पाउनुलाई अवसरको रुपमा लिन अनुरोध गर्नुभयो । उहाँले स्थाई राजधानी तोकीसकेकाले अब पूर्वाधार निर्माणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । लामो समयदेखी आफूहरुले लुम्बीनी प्रदेशको राजधानी दाङ बनाउनेपर्ने माग राखेको भन्दै श्रेष्ठले पाँच नम्बर प्रदेशको १२ वटै जिल्लालाई न्याय हुने गरि प्रदेश सरकारले दाङ राजधानी बनाउने निर्णय गरेकोमा धन्यवाद दिनुभयो । साथै उहाँले दाङ महिला जेसीजले सामाजिक कार्य र युवाहरुको क्षमता विकासकालागी गरेको कार्यहरु महत्वपूर्ण भएको पनि बताउनुभयो ।
कार्यक्रममा ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय राप्तीका प्रमुख गीता न्यौपाने, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, तुलसीपुर जेसीजका पूर्व अध्यक्ष दिपेश भण्डारी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमाल, नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य निर्मला गौतम रेग्मी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष संचीता गौतम, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष रेखा शर्मा, रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक नारायणी भण्डारीले वृक्षारोपण, रक्तदान, शारिरिक अपांगता भएका व्यक्तीहरुलाई सहयोग, व्यवसायीहरुलाई मनोपरामर्श प्रशिक्षण, सन्देशमूलक रचना वाचन र महिलाहरुकालागी सपीङ ब्याग बनाउने तालिम आयोजना गरेको सप्ताहका मूल संयोजक नारायणी भण्डारीले जानकारी दनुभयो ।
कार्यक्रम संयोजक सिन्धु रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसीजका सदस्य अर्चना शर्माले आश्था पाठ गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण दाङ महिल जेसीजका महासचिव संगीता गिरीले गर्नुभएको थियो ।
