Home / समाचार / दाङ क्षेत्र नं.२ को सभापतिमा भीमप्रकाश खड्का बिजयी

दाङ क्षेत्र नं.२ को सभापतिमा भीमप्रकाश खड्का बिजयी

दाङ, ८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं.२ को संघीय सभापतिमा भीमप्रकाश खड्का बिजयी भएका छन् । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिस्पर्धी चित्रबहादुर डाँगी हराउँदै बिजयी भएका हुन ।

बिजयी खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापन इतरका चित्रबहादुर डाँगी (निर्मल)ले २ सय ६६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बुधबार बिहान प्राप्त मत परिणाम अनुसार एक जना सचिवमा डाँगी प्यानलका आर.के. सितल बिजयी भएका छन् भने अर्का सचिव हिमबहादुर डाँगीले समान ३२१÷३२१ मत प्राप्त गरि बिजयी भएका छन् । सचिवमा सस्थापन पक्षबाट कमल गौतमले ३१२ मत र सस्थापन इतर समूहका सन्तोष योगीले २ सय ९४ मत प्राप्त गरि पराजित भएका छन् ।

त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४ सय २ मत र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरि निर्वाचित भएका छन् । पाण्डे घोराही उपमहानगरपालिका वडा नं.१५ का वडाध्यक्ष हुन । सहसचिवमा सस्थापन इतर समूहका प्रमोद पोख्रेलले २६० र शिवप्रसाद घिमिरेले २२९ मत प्राप्त गरि पराजित भएका छन् ।दाङको निर्वाचन क्षेत्र नं २ मा कुल ६५१ मतदाता मध्य ६४२ मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*