Home / मनोरञ्जन / संगीतका अलराउण्डर केशव रावत

संगीतका अलराउण्डर केशव रावत

आर.के.शीतल

नेपाली संगित क्षेत्र । संगीतमा पनि धेरै विधा । एउटा विधामा दक्षता होला । कसैको अर्को विधानमा क्षमता । धेरै विधाको मीश्रणबाट गीत तयार हुने अर्थात संगीत पूर्ण हुने गर्छ । कोशी शब्द लेखनमा, कोही एरेञ्जमा, कोही संगीतमा त कोही स्वरमा । वा कोही वाद्यवादनमा । तर कोही यस्तो कला र क्षमता भएका श्रष्टा हुन्छन् । जो संगीतका हरेक विधामा जानकार हुन्छन् । विशेष क्षमता राख्छन् । विशेष खुबी राख्छन् । संगीतका हरेक पाट­पाट, संगीतका हरेक रेशा­रेशामा दक्ष हुन्छन् । यस्तो क्षमता भएका व्यक्ती कमै मात्र हुन्छन् । संगीतका हरेक विधा अर्थात क्षेत्रमा विशेष दक्षता राख्ने । विशेष क्षमता राख्ने । विशेष प्रतिभा भएको एक श्रष्टा हुन्ः केशव रावत ।

नाम सुन्दा नयाँ लाग्नु स्वभाविक हो । किनकी उनी खासै प्रचारमा आउदैनन् । आफ्नो सिर्जनाको प्रचारकालागि मरिहत्ते पनि गर्दैनन् । सिर्जनामा गुणस्तररिता दिने हो प्रचार भन्दा पनि भन्ने उनको मान्यता छ । केशवलाई जतिले चिनेका छन् । जतिले बुझेका छन् । सबै छक्क पर्छन् । यस्तो क्षमता भएको व्यक्ती दाङमा । दाङमा क्षमता भएका व्यक्ती नबस्ने भन्ने होईन तर उनको क्षमता कुनै राष्ट्रिय स्तरमा बसेर संगीतमा साधना अर्थात वाद्यवादनमा खटिएका चर्चीत व्यक्ती भन्दा कम छैन । उनी हरेक क्षेत्रमा विशेष क्षमता देखाउन सक्छन् । चाहे त्यो शब्द लेखन होस्, वा संगीत, स्वर एवं एरेञ्जकासाथै वाद्यवादनमा पनि विशेष दक्षता छ उनीसँग । उनलाई काठमाडौका राम्रो राम्रो स्टुडियो होस् वा संगीत क्लासले नबोलाएका होईनन् तर दाङमै बसेर संगीतमा नयाँ गर्नुपर्छ भन्ने उनको सोच छ ।

k 1
वुवा चपबहादुर रावत र आमा डम्मरी रावतको कान्छा छोरा केशव मावि निघुवारमा पढ्दादेखी नै बासुरी र मादल बजाउथे । मादल र बासुरी राम्रो बजाउने भएकाले विद्यालयमा कुनै कार्यक्रम हुदाँ उनको माग हुन्थ्यो । उनी सरहरुको छेउमा बसेर मादल बासुरी बजाउने । त्यो बेलामा शिक्षक बलबहादुर पुनले उनलाई खुबै हौसला दिए । त्यसपछि सरहरुको साथ पाएपछि उनमा उत्प्रेरणा बढ्यो । त्यसपछि उनी मादल र बासुुरी बजाउन सक्ने विद्यार्थीको रुपमा विद्यालयमा परिचित भए । २०६० सालमा मावि निघुवारबाटै एसएलसी उतिर्ण गरेपछि उनी काठमाडौतिर लागे । साथीहरुको हौसलाले काठमाडौसम्म पुगेका उनलाई खर्च टार्नकालागि केही काम गर्नुपर्ने भयो । क्यापस पढ्नकालागि उनी क्याम्पस भर्ना भए । पढाई खर्चकालागि कामको खोजी गर्ने सोचमा रहेका उनलाई साथीहरुले मादल बासुरी बजाउन सक्छौ यतातिर दोहोरी साँझ पनि धेरै नै छन् । त्यसैम काम गर साँझ केही घण्टा काम गर्ने हो । भनेर भनेपछि उनी दोहोरी साँझमा काम सुरु गरे ।

मादल बासुरी बजाउन जानेका केशवको बासुरी बजाउने कला दोहोरी साँझमा मिलेन । गाँउघरमा बजाएको बासुरीले दोहोरी साँझमा काम गरेन । त्यसपछि उनी मादलमै सिमीत भए दोहोरै साँझभित्र । तर मादलमात्र बजाउदा उनको मनले मानेन । त्यसपछि उनी संगीत सिक्नकालागि संगीत क्लास लिन थाले । उनीसँगै दोहोरी साँझमा काम गर्ने शिव परियार उनको संगीतको पार्टनर बने । वर्तमान समयमा सुगम संगीतका चर्चीत गायक शिव परियारसँगसँगै ल्यालिडोस्को कला केन्द्रमा संगीत सिक्न थाले । उनले बाँसुरी र मादलको तालहरु सिक्न थाल्थे । छेउमै बसेर शिव परियारले तबला र हार्मोनियम सिक्थे । केशवलाई मादल बासुरी सिक्न करिब ७ महिनाजति त गाह्रो भयो । त्यसपछि उनले लय पकडिहाले । शिव परियारले केशवलाई ‘भाई तिम्रो राम्रो छ है मादल बासुरीमा, केही गर्न सक्छौ मेहनत गर, अब मादल सिकेपछि ढोलक पनि सिक्नुपर्छ’ हौशल दिन्थे । शिवले नै आफूलाई संगीतका धेरै कुरा सिकाएको केशव सम्झन्छन् । उनी शिव परियारलाई गुरुको रुपमा पनि लिन्छन् । यस्तै दोहोरी साँझमा सँगै काम गर्ने पशुपति शर्मा, बद्रि पंगेनी, लाक्पा शेर्पा जस्ता धेरै कलाकारसँग काम गर्दा पनि उनलाई सिक्ने अवसर धेरै नै भए । ४÷५ वर्षसम्म केशवले मादल, बाँसुरी, ढोलक,तबला, अक्टोप्याड सिके ।

k 2

त्यसपछि उनको माग बढ्न थाल्यो । काठमाडौँमा रहेका धेरै रेकडिङ स्टुडियोमा वाद्यवादकको रुपमा संगीत भर्नकालागि उनी पुगे । धेरैजसो रेकडिङ स्टुडियोले उनलाई ढोलक बजाउन बोलाउथे । गायक कृष्णभत्त राईको रेकडिङ स्टुडियोमा केशवले लामो समय काम गरे । उनमा अझै सिक्नुपर्छ भन्ने ईच्छा जाग्यो । त्यसपछि किबोर्डको क्लास सुरु गरे । जसकालागि उनी नेपाल संगीत विश्वविद्यालयमा भर्ना भए । किबोर्डमा बेसिक क्लास लिए । त्यसपछि उनी कम्पोज गर्नतिर लागे । त्यतिबेला लोकगीत हल्का गाउथे । क्याम्पसमा हुने कार्यक्रमदेखी विभिन्न कार्यक्रममा पनि उनी लोकगीत गाउने गर्थे । त्यतिबेलासम्म उनले धेरै गीतका रचना गरेका थिए । अब गीत बजारमा ल्याउनुपर्छ भनेर उनले सुगम संगीत छाने ।

जुन गीतमा सुगम संगीतका चर्चीत गायक जगदिश समालको स्वर भरे । गीतको रचना र संगीत स्यवं केशवले गरेका थिए । ‘यो मन बदलिदोरहेछ’ बोलको गीत २०६७ सालम केशवले पहिलो सिर्जनाको रुपमा बजार ल्याए । यो गीत रेकर्ड गर्नुभन्दा पहिले जगदिश समालले स्वरको अभ्यास गरिरहदा केशवको मनमा एक किसिमको हौसला थपीयो । यति मीठो संगीत गर्न मैले सके भने मैले गाउन पनि सक्छु भन्ने हौसला जाग्यो । त्यसपछि यो गीत बजारमा ल्याउलगत्तै उनी भोकल सिक्नतर्फ लागे । रियाजतर्फ उनी लागे ।

शिव परियारबाट उनी प्रेरित पनि थिए । त्यसपछि रियाज सिक्ने र आफै पनि अभ्यास गर्न थाले । हार्मोनियम किनेर उनले रियाजमा भिज्न थाले । उनी दोहोरी साँझमा काम गर्ने भएकाले हार्मोनियम सिकीसकेका थिए । राम्रै बजाउथे । त्यसपछि उनले गीतार पनि सिके । गितारपनि राम्रो बजाउछन् ।

केशवले एक दर्जनबढि गीतहरु बजारमा ल्याईसकेका छन् । पहिलो गीत यो मन बदलिदो रहेछ पछि दोहोरी गीत बजारमा ल्याए । आफ्नै दिदी सरिता रावतसँगको सहकार्यमा उनले गीत बजारमा ल्याएका छन् । दिदी सरिता रावतको साथ र सहयोगले पनि केशवलाई अगाडी बढ्न धेरै सहज भएको हो । उनी प्रेरणाको स्रोतमा दिदीलाई सम्झन्छन् ।

उनले दिदी सरितासँगको सहकार्यमा ‘देउ मायाको भिक्षा’ बोलको दोहोरी गीत बजारमा ल्याए । केशव रावतको शब्द र लय रहेको यो गीतमा रामजी खाँड र सरिता रावतको शब्द रहेको छ । यस्तै उनकै शब्द संगीत र सरिता रावत र केशव रावतको स्वरमा रहेको ‘चौबन्दी चोलीको तुना सर्काईदैउन’ बोलको गीत गरि एकैसाथ दुईवटा गीत सार्वजनिक गरेका हुन् ।

k 3

यस्तै उनका दर्जनबढि गीत हालसम्म बजारमा आईसकेका छन् । तर उनले ५ सय भन्दा बढि गीतको रचना गरिसकेका छन् । जो रेकडिङ भईसकेका छैनन् । तर रचना उनीसँग धेरै छन् । संगीत पनि धेरै गीतको गसिकेका छन् । उनले रचना र संगीत गरेको गीत हालैमात्र सम्पन्न भएको रेडियो नेपालको सुगम संगीततर्फको गायन प्रतियोगितामा द्धतिय र तृतीय भएका थिए । यस्तै केशव गाउनमा पनि खप्पीस व्यक्ती हुन् । उनले हालैमात्र राष्ट्रिय लेक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको पाँच नम्बर प्रदेश स्तरिय गायक प्रतियोगितामा दोस्रो भएका थिए । उनी राष्ट्रिय स्तरमा हुने लोक गायन प्रतियोगितामा पनि भाग लिईसकेका छन् ।

केशवले यसवर्षको तीज गीत बजारमा ल्याएका छन् । ‘उर्लीमा आयो हापुरे खोली स्याउली सोत्तर बगाईलग्यो सलल, आउ चेली नाच न मादलुको तालैमा’ र ‘जापनीज साडीले मलाई स्वाउने बनायो’ बोलका दुईवटा दोहोरी गीत बजारमा ल्याएका छन् । जुन गीतको शब्द संगीत केशव रावतको हो भने स्वर सरिता रावत र केशव रावतको रहेको छ । जुन गीतको म्यूजिक भिडियो तयारी अवश्यामा रहेको र सार्वजनिक गर्ने तयारी रहेको उनी बताउछन् । यी गीतहरु तीजको लय र भावमा रहेको उनी बताउछन् ।

आमाहरुको पालामा गाईने गीतका शब्द एवं परिवेशलाई यी गीतमा समेटिएको उनी बताउछन् । केशवले धेरै गीत बजारमा ल्याउदैछन् । आधा दर्जनबढी गीत रेकडिङ भईसकेको र अब बजारमा ल्याउन बाँकी रहेको बताउछन् । ‘संसारमा के रैछ ठुलो, मेरी प्रयिशी तर्किन्छौ किन, फुल मानेर लिदमा सजाय, आशै आसमा आजसम्म, मेरो आमाको सपना’ लगायतका गीत बजारमा ल्याउदैछन् ।

आफू संगीतमा लागेर यहाँसम्म आईपुग्नुमा घरपरिवार, वुवाआमा, दिदीहरु, दाई, जीवनसंगीनी सीता केसीको विशेष सहयोग र साथ रहेको उनी बताउछन् । यसका साथै गायक शिव परियार(जो उनको गुरु समान हुन्), दिदी सरिता रावत, चन्द्र शर्मा, लाक्पा शेर्पा, पशुपति शर्मा, रमेशराज भट्टराई, रीता थापा, राधिका हमाल, कृष्ण पुन, मञ्जलि मोहन कार्की(साईनोले मामा), कृष्ण रेउले, गोविन्द मधुर आचार्य, हालसम्म सहकार्य गर्ने सम्पूर्ण कलाकार, सहकर्मी साथीहरुको साथ र प्रेरणाले यहाँसम्म आईपुग्न सहज भएको उनी सम्झन्छन् ।

संगीतलाई उनी सिर्जना हो भनेर परिभाषित गर्छन् । तनमन लगाएर संगीतमा होमीयो भने प्रगति गर्न कुनै गाह्रो नभएको उनी बताउछन् । तनमन लगाएर संगीतमा लागेपछि एक सफल श्रष्टा बन्न सकिने केशवको भनाई छ । संगीतको मर्म बुझेर, मेहनत गरेर, संगीतका बेसिक कुरामात्र पनि सिकेर बल्ल यो क्षेत्रमा लागेमा सफल हुने उनको भनाई छ । सामान्य गीत रातारात बन्ने र २÷४ दिन चल्ने र त्यसपछि तिनी गीत सुन्नै छोड्ने हुने खालमा गीतले गर्दा संगीतमा केही समस्या देखिएको उनी बताउछन् । गीत चल्छ, राम्रो पैसा पनि उठ्ला तर संगीतको मर्म अनुसार नहुदा समस्या भएको उनको अनुभव छ ।

कतिपय चलेका गीतहरुमा पनि शब्द, संगीत र भिडियोको मिलन नै नभएको अवश्यामा हुने गरेको उनीसँग उदाहरण छन् । संगीत कमाउनेमात्र भन्दा पनि हाम्रो संस्कृति बचाउन सक्ने खालको हुनुपर्ने उनी बताउछन् । लामो समयदेखी संगीतमा संघर्षरत श्रष्टा केशव रावतलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*