Home / Feature Breaking news / बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

घोराही, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घोराही उपमहानगरपालिका ३ बन्जाडी घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको हो ।

घाईते हुनेहरुमा प्युठान माण्डवी गाउँपालिका १ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङ बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक रहेका छन् ।

घाईतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । तिरामबाट घोराही आउन लागेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको बताईएको छ । मृतक राना गाडी धनी र चालक आफै रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*