Home / Feature Breaking news / अम्वीकेश्वरी मन्दिर परिसर सरसफाई (तस्वीरहरु)

अम्वीकेश्वरी मन्दिर परिसर सरसफाई (तस्वीरहरु)

घोराही, ४ कात्तिक

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्वीकेश्वरी मन्दिर परिसर सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय र दाङ महिला जेसिजले मंगलवार विहान मन्दिर परिसर सरसफाई गरेको हो ।

विजयादशमीको अवसरमा मन्दिर परिसरमा सरसफाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम र दाङ महिला जेसिजको संयुक्त आयोजनामा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

अम्वीकेश्वरी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी, सामुदायिक प्रहरीका पदाधिकारी एवं दाङ महिला जेसीजका पदाधिकारीहरुको सहभागीतामा मन्दिर वरिपरी सरसफाई गरिएको थियो ।

सरसफाई पश्चात औपचारिक कार्यक्रमकाबीच विजयादशमीको शुभकामना आदानप्रदान गरिएकोछ थियो । दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्दिरको संरक्षण र प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक भएको बताएका थिए ।

धार्मीक स्थलहरु सबैको साझा सम्पत्ति भएकाले यसको विकासमा सबैले ध्यान दिनुपर्ने सहभागीहरुको भनाई थियो । त्यस अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय निरिक्षक रमेशकुमार सिंह, मन्दिरका मूल पुजारी श्रवणकुमार पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा दाङ महिला जेसीजले मन्दिर व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरेको थियो ।

दाङ महिला जेसीजका सह–सचिव नोमीका चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तालिम संयोजक जुनु मगरले आश्था पाठ गराउनुभएको थियो । कानुनी सल्लाहकार ममता विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव संगीता गिरीले गर्नुभएको थियो ।

तस्वीरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*