साउन,१७ दाङ । दाङ प्रहरीले ३५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न बस्तीवाट नियन्त्रणमा लिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।
वडा प्रहरी कार्यालय घोराहीले केही दिनयता घोराहीका विभिन्न क्षेत्रवाट नियन्त्रणमा लिएको २ सय ३० लिटर मदिरा र ३३ सय लिटर मदिरा बनाउनकालागि तयार पारिएको मदिराजन्य पदार्थ नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशी शर्माले जानकारी दिएका छन ।
प्रहरी प्रमुख शर्माका अनुसार प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १३ सैलुङ, घोराही उपमहानगरपालिका–१८ रझेना, घोराही उपमहानगरपालिका–१४ खोलीगाउँ, घोराही उपमहानगरपालिका–१५ को भरतपुरलगायतका स्थानवाट प्रहरी मदिरा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन कुँवर र वडा प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक शशी शर्माको उपस्थीतिमा घोराही उपमहानगरपालिका–१७ को पनौरास्थीत कटुवाखोलामा मदिरा नष्ट गरिएको हो ।