Home / खेलकुद / मार्शल आर्टसका खेलाडी बिक्रम महासघको केन्द्रीय सदस्य

मार्शल आर्टसका खेलाडी बिक्रम महासघको केन्द्रीय सदस्य

दाङ,१७ साउन । नेपाल मार्शल आर्टस तेक्वान्दोका खेलाडी तथा रेफ्रि बिक्रम बाठामगर नेपाल आदिवासी जनजाति खेलकुद महासङ्घको केन्द्रीय सदस्य बनेका छन ।

आदिवासी जनजाति निकट खेलाडीहरुको काठमाण्डौमा भएको भेलाले रोल्पा निवासी बाठामगरलाई खेलकुद महासंघको केन्द्रीय सदस्यमा चयन गरेको हो । बाठामगर लामो समयदेखि मार्शल आर्टस खेलमा सक्रिय भएर लागेका छन ।

भेलाले नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरलाई नेपाल आदिवासी जनजाति खेलकुद महासङ्घको अध्यक्षणमा चयन गरेको छ ।

महासङ्घको उपाध्यक्षमा आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता राम चन्द्र थापा मगर र करातेका सन्तोष सिंह पुन मगर रहेका छन । यसै गरी, करातेका गजेन्द्र बहादुर खपाङगी महासचिव, करातेका राम थारु सचिव, मार्सल आर्टसका कुल बहादुर बुढा मगर सहसचिव, उसुका प्रशिक्षक लानम लामा कोषाध्यक्ष रहेका छन ।

मार्सल आर्टसका भीम बहादुर गुरुङ, सुस्मीता गुरुङ, शेखर लिम्बु,विनोद तामाङ,दीपक छन्त्याल केन्द्रीय सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*