घोराही, २६ वैशाख ।
दंगीशरण गााउपालिका वडा नम्बर ३ की ४३ बर्षीय रमिता चौधरीलाई बंगुर पाल्ने रहर धेरै पहीले देखि थियो । तर बंगुर किन्ने पैसा नहुदा रहरहरु मन भित्रै खादिएका थिए ।
घरको आयस्ता केही नहुदा श्रीमानले मजदुरी गरि ल्याएको पैसाले घर धान्नै धौ धौ हुन्थ्यो आप्नो पनी अरु कही उपाए नहुदा अरुले पालेको देखेर यो दिन मेरो कहीले आउला जस्तो लाग्थ्यो रमिताले भनिन् आज मेरा सपना पुरा भएको छ तपाईहरुले दिएको बगुरबाट बढाउदै लगेर कुनै दिन सपल बगुर पालक कृषक बन्ने धोको पुरा गर्ने छु उनले हास्दै भनिन् ।
दगिशरण ७ बुटुनियाकी साबित्रा केसि पनी दुईवटा बाख्रा एक्लै सित्तैमा पाउदा खुशि हुनु भयो । उहाँले भन्न्ुाभयो, , दुईचार पैसा आउने उपाए अरु थिएन समुहबाट छनोट भएर बाख्रा पाए अब यसलाई राम्रो संगपालन पोषण गरेर यसैबाट आर्थिक आम्दानी गर्ने सपना सेणचेको छु ।
रमिता चौधरी र साबित्रा केसी मात्र होईन नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललीतपुरको सहकार्यमा संचालन भएको सामुदायिक सुरक्षाजालो कार्यत्रम अन्र्तगत दगिशरण गाँउपाकिला शान्तीदिप महीला समुहका छनोटमा परेका ५ जना महीलााई बंगुर र बाख्रा बितरण गरिएको हो ।
शुक्रबार दंगिशरण गाँउपालिका वडा नम्बर ४ हेकुलीमा एक कार्यक्रमका बिच नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले समुदायका महीलाहरुका लागी जिबिधकोपार्जनका लागी प्रति ब्यक्ती दुईवटाका दरले बाख्रा बितरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले महीलाहरुलाई सामाजिक शसक्तीकरण संगै सक्दो ब्यबसाय संचालन गरि आर्थिक उपार्जनका लागी सस्थाले बाख्रा बितरण गरेको बताउनु भयो ।
उहाँले सानो ब्यबसायबाटै ठुलो ब्यापारी बन्न सकिने भएकाले बाख्रा ब्यबसाय महीलाहरुको जिबिकोपार्जनको राम्रो स्रोत हुने भएकाले ब्याबसायलाई कस्तो बनाउने मात्र होईन आफु कस्तो बन्ने भन्नेकुरा आफ्नो सोच र कार्यशैलीमा भर पर्ने भएकाले उधमी बन्ने उदेश्य सहित कार्यगर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै समुह सदस्य कमला वलीले थोपा थोपाबाटै धेरै हुने भएकोले सोही अनुसार अघि बढ्नु पर्ने बताउनु भयो । सामुदायिक सुरक्षाजालो कार्यक्रमका सयोजक लिला शाहले महीलाहरुलाई आयआर्जनका माध्यमले बलियो बनाउने सोच सहित शुरु गरिएको आय आर्जन कार्यक्रमलाई सफल बनाउन नब ब्यासायिहरुलाई अनुरोध गर्नु भयो बगुर कार्यक्रमको सचालन कल्पाना डागीले गर्नु भएको थियो ।