Home / Feature Breaking news / २८ बर्ष अध्यापनरत शिक्षकलाई हिन्दु विद्यापीठद्वारा सम्मान सहित बिदाई

२८ बर्ष अध्यापनरत शिक्षकलाई हिन्दु विद्यापीठद्वारा सम्मान सहित बिदाई

घोराही, २६ वैशाख

हिन्दू विद्यापीठ नेपाल घोराही दाङले विद्यालयमा २८ बर्षदेखी अध्यापनरत शिक्षकलाई सम्मान सहित बिदाई गरेको छ ।

विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै लामो समय अध्यापन गर्नुभएका शिक्षक कल्पना पन्त शाक्यलाई सम्मान सहित बिदाई गरेको हो ।

त्यस अवसरमा विद्यालयमा यस शैक्षिक सत्रबाट आवद्ध भएका शिक्षक तथा विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो ।

विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालको अध्यक्षता तथ विद्यालयका संस्थापक प्राचार्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. भोलानाथ योगीको प्रमुख आतिथ्यता र विद्यालयका संयोजक मधुसूदन पन्तको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा २८ बर्ष अध्यापन गराउनुभएका शिक्षक कल्पना पन्त शाक्यलाई बिदाई गरिएको थियो ।

उहाँलाई विद्यालयका संस्थापक प्राचार्य एवं कार्यक्रमका प्रमुख अतिथि डा. भोलानाथ योगीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । पन्तलाई नगद ५० हजार रुपैया सम्मान स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विदाई भएर जानुभएकी शिक्षक पन्तले आँफू निरन्तर रूपमा २८ बर्ष पढाउँदा बालबालिकाहरूसङ्ग सिक्दै सिकाउने कार्य भएको बताउदै विद्यालयमा बिताएको २८ बर्षलाई स्मरण गर्नुभयो । आफ्ना विद्यार्थीहरू विभिन्न उच्च स्थानमा पुगेको देख्दा गौरवान्वित भएको बताउनु भयो ।

साथै उहाँले आफ्नो उर्जाशील समय ज्ञान बाढ्ने थलोमा बिताएको खुशी व्यक्त गर्दै हिन्दु विद्यापीठ नेपालले धेरै कला सिकाएको स्मरण गर्नुभयो । साथै उहाँले विद्यालयको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि योगीले नयाँ व्यवस्थापन साथ सञ्चालनमा आएको हिन्दु विद्यापीठले शिक्षकको मुल्यांकन गर्दै सम्मान गरेको प्रति विद्यालय प्रशासनलाई धन्यवाद ज्ञापन गर्नुभयो । निजि विद्यालयले लामो समय अध्यापन गराएर यसरी सम्मान स्वरुप विदाई गरेको नमूना कार्य विद्यालयले गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बालशान्ति गृहका बालबालिकाहश्रको स्वस्ति वाचनबाट सुरू भएको कार्यक्रममा विद्यालयका कोर्डिनेटर तथा विशिष्ट अतिथि मधुसुदन पन्त, प्रशासन प्रमुख तथा लेखापाल खड्ग शर्मा, मन्टेश्वरी इन्चार्ज पुष्पा रावत, शिक्षकहरु स्नेहा के.सी, सुरेन्द्र बुढा मगर, विद्यार्थीहरू रिया हलुवाई र निर्दोष बि.क लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पिजिदेखि कक्षा नौसम्म भर्ना भएका सयभन्दा बढी नयाँ विद्यार्थीहरूलाई टिका लगाएर स्वागत गरिएको थियो । नयाँ व्यवस्थापनका साथ सुरू भएको विद्यालयमा १० जना नयाँ शिक्षकहरूलाई खादा र टीका लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण परीक्षा कोर्डिनेटर बामदेव पोख्रेलले गर्नु भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*