Home / Feature Breaking news / स्मार्ट सिटीमा कालो रात…..

स्मार्ट सिटीमा कालो रात…..

तुलसीपुर, ६ मंसिर । काठमाण्डौबाट रुकुम जाने गाडिमा मंगलवार राती दाङको तुलसीपुर विरेन्द्र चौकमा ओर्लिएका विपिन राइ धेरैवेर अल्लमल्लमा परे । त्यसपछि विहान करीव तीन बजे मात्र उनले तरकारी विक्रिकालागी गाउंबाट आएका महिलालाइ सोधेपछि मात्र एकान्त होटल पछ्याउन सफल भएको होटलमा काम गर्ने कर्मचारीले बताए । त्यसैगरी अघिल्लो दिन पनि संसांझै तुलसीपुर बजार सुनसान भएपछि मानपुर झिंगैका गिरीराज पाण्डेलाइ पनि बस कुर्दाकुर्दा अवेर भएपछि चिनेको होटल पहिल्याउनै मस्कील पर्यो ।

पछिल्लो समयमा स्मार्ट सिटिका नाममा फेसबुक भाइरल भएको तुलसीपुर सधै कालरात्री जस्तै छ । कालो रातमा अनमानको भरमा यात्रा गर्न बाध्य भएका छन्, अन्तबाट बजार छिरेकाहरु । सडकमा जडान गरिएका बत्तिहरु कमविहिन भएसंगै केहि पहिले जडान गरिएका सिसि क्यामेराहरु समेत अपडेट हुन नसकेपछि तुलसीपुरमा अचेल सधै कालोरात हुने गरेको छ । यसले स्मार्ट सिटिको भाइरल प्रचारबाजीलाइ समेत गिज्याइरहेको छ । एकजना स्थानियबासी तर्क गर्दै थिए, सवथोक विकाश निर्माण लथालिंग भएपछि मात्रै स्मार्ट सिटि हुंदो रहेछ ।
तुलसीपुरमा जडान गरेका सोलार बत्तीहरु बल्न छोडेका छन् । सडकमा जोडीका बत्तीहरु केही विग्रेन थालेका छन् भने केहीले कम उज्यालो दिन थालेका छन् । दुई बर्ष अघि तुलसीपुरका विभिन्न सडकहरुमा राखिएका सोलारहरु मर्मत नहुदा विग्रेका हुन् ।

करिव एक करोड बढी लागतमा जडान गरिएका सोलार बत्तीहरु रातको समयमा कम बल्ने र कुनै बत्तीहरुले उज्यालो नदिने गरेको स्थानीयहरु बताउछन् । तुलसीपुरका मुख्य लाइन मा एक सय बढी सोलार बत्तीहरु जडान गरिएको थियो । केही समय पहिले तुलसीपुर बजार सोलार बत्तीले छिलि मिली भएपनि हाल भने बत्तीले उज्यालो दिन छोडेको हो ।

त्यसैविच सोलार बत्तीको लाइटवोटहरु विग्रीएका कारण समस्या भएको भन्दै अव एक दुई दिनमानै लाइटबोट परिवर्तन गर्ने तयारी गरेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए । एभरेष्ट सोलार कम्पनीले सोलार बत्ती जडानको जिम्मा पाएको थियो । सो कम्पनीले सामानहरु ल्याएको र अव एक दुई दिनमै बत्तीहरु मर्मतको काम सुरु हुने उनले बताए । विचमा चाडपर्वहरु परेका कारण केही ढिलाई भएपनि लाइटवोट र बल्वहरु फेर्ने तयारी गरेको बताएको छ ।
‘सामानहरु केही आएको छ केही आजै काठमाडौबाट कम्पनीले ल्याउने तयारी गरेको छ, अव एक दुईदिनमै सवै बत्तीहरु मर्मत हुन्छन् –इन्जिनियर योगीले भने ।

सिसी क्यामेरा कामविहिन
त्यसैविच तुलसीपुर बजारक्षेत्रमा सुरक्षा निगरानीका लागि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । सिसी क्यामेराहरु लामोसमय सम्म मर्मत नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । यसले व्यवसायीहरु एवं सर्वसाधारणलाइ थप सुरक्षा चुनौति दिएको छ । चोरी डकैति र लुटपाटका घटना घटेको अवस्थामा अभियुक्तहरु सहजै बजारको सिमा काट्न सक्ने अवस्था देखिएको स्थानियबासीहरुले बताउंदै आएका छन् । तर लामो समयदेखि अपडेट हुन नसकेका सिसि क्यामेरा मर्मत तर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

वि.सं २०७१ सालमा तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य सङ्घ र इलाका प्रहरी कार्यालय तुलसीपुर, बैंकहरु मिलेर सिसी क्यामेरा जडान गरेका थिए । लाखौँ रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा सिसी क्यामेरा प्रयोगबिहीन बनेका हुन् । बिग्रिएका सिसी क्यामेरा बजेट अभावका कारण मर्मत नभएको बताएको छ ।

विरेन्द्र चोक, बीपी चोक, नयाँ बस पार्क , बाहिने चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएर काम नलाग्ने भएपछि सुरक्षा चुनौती थपिएको छ । सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो ।

बजेट अभाव र कुन निकायले क्यामेरा मर्मत गर्ने भन्ने अन्योलताका कारण समस्या भएको बताइएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका निर्वतमाण अध्यक्ष विमल रिजालले पहिले जडान गरिएको सिसी क्यामेराहरु कसले मर्मत गर्ने भन्ने अन्योलताका कारण मर्मत गर्न नसकीएको बताए । करिव रु पाँच लाख लागतमा क्यामेराहरु जडान गरीएको थियो । सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने स्थानीय व्यवसायीहरुले माग समेत गरेका छन् । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको थियो ।

यस बर्ष भने सिसी क्यामेरा जडानका लागि भने उपमहानगरपालिकाले बजेट छुटाएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । बजारको सुरक्षाको लागि सिसी क्यामेराहरु जडान गर्ने उपमहानगरपालिकाको निति तथा कार्यक्रममा पनि परेको वुझिएको छ तर सो काम भने अफैसम्म पनि हुन सकेको छैन्
गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*