Home / Feature Breaking news / राष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : गौतम

राष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : गौतम

काठमाडौ, १ असोज । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*