Home / Feature Breaking news / जनताको अधिकारमाथि खेलवाड गर्नुहुँदैन : राष्ट्रपति पौडेल

जनताको अधिकारमाथि खेलवाड गर्नुहुँदैन : राष्ट्रपति पौडेल

वनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनुहुँदैन।’

राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए । उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि बीपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गरे । जसरी देशलाई नयाँ दिशा देखाए । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ ।’

उनले समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए ।

‘अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ । देशले पटक पटकको नयाँनयाँ प्रयोग थाप्न सक्दैन र त्या क्षमता नेपालसँग छैन । राष्ट्रलाई उन्नति गर्ने समय चाहिन्छ। राजनीतिक स्थायीत्व चाहिन्छ,’ उनले भने, ‘जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ । लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्राण गर्छु।’

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए। पौडेल बिहीवार भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै विजयी भएका थिए ।

उनले भने, ‘अहिले जनतामा निराशा जस्तो देखिएको छ । जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमीहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतिको बाटो समात्नुपर्छ । सुशासनबाट देशको उन्नति हुन्छ । सुशासन देशले खोजेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*