घोराही, १६ पुष
बाल विकास मावि घोराहीले ५७ औँ बार्षिक उत्सव मनाएको छ । उत्सवको अवसरमा विद्यालयले आईतवार एक अभिभावक भेला एवं विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकला रेग्मीको अध्यक्षता एवं जिल्ल शिक्षा अधिकारी रमेशप्रसाद मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयले शैक्षीक गुणस्तरदेखी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा उल्लेख्य मात्रामा सहभागि गराउने गरेको भन्दै यसलाई निरन्रता दिन अनुरोध गरेका थिए । उनीहरुले सार्वजनिक विद्यालयहरुमध्य बाल विकास मावि एक नमुना विद्यालय रहेको पनि बताएका थिए ।
त्यस अवसरमा विद्यार्थीहरुले आफैले तयार गरेको विज्ञान प्रर्दशनी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले वार्षीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै मावि रझेना घोराहीले पनि आफ्नो ६० औँ बार्षीक उत्सव आईतवार मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।