Home / समाचार / जिल्ला स्तरिय लागु औषध नियन्त्रण समिति गठन
No drugs sign with some vivid colors, 3D rendering, street signs

जिल्ला स्तरिय लागु औषध नियन्त्रण समिति गठन

दाङ, ११ पुष
दाङमा लागु औषध नियन्त्रण समिति गठन गरिएको छ । लागु औषध नियन्त्रण कार्ययोजना (सिधा कारवाही) अभियान अन्तरगत दाङमा जिल्ला स्तरिय लागु औषध नियन्त्रण समिति गठन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङमा भएको सारोकारवालाहरुको भेलाले समिति गठन गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्ति संयोजक रहेको समितिमा सदस्य सचिव जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदी रहनुभएको छ । यस्तै सदस्यहरुमा विष्णु पुन, गोमा गिरी, ओम पी न्यौपाने, आर.के.शीतल, विशाल शाह, रविन्द्र क्षेत्री, कुलबहादुर घर्ति रहनुभएको छ ।

समितिले जिल्लामा लागु औषध विरुद्ध सचेतना कार्यक्रम गर्नेदेखी सिधा कारबाहीसम्मको काम गर्ने समितिका सदस्य सचिव प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*