Home / समाचार / सलमान खानले बढाए सुरक्षाः लिए बुलेटप्रुफ गाडी, बन्दुक राख्ने अनुमतिका लागि दिए निवेदन

सलमान खानले बढाए सुरक्षाः लिए बुलेटप्रुफ गाडी, बन्दुक राख्ने अनुमतिका लागि दिए निवेदन

पञ्जाबी गायक सिद्धु मुसेवालाको गोली हानी हत्या भएपछि भारतीय कलाकारहरु पनि सुरक्षा खतराको अनुभव गरिरहेका छन्।

यसबीच बलिउडका ‘भाइजान’ सलमान खानलाई पनि ज्यान मार्ने धम्कीसहितको पत्र आएको थियो। उनका बुबा साहिल खान मर्निङ वाकमा गइरहेको बेला कुनै अन्जान व्यक्तिले उनलाई पत्रमार्फत् यस्तो धम्की दिएको थियो।

आफ्नो ज्यानमाथि खतरा भएको महसुस गरेपछि खानले निरन्तर सुरक्षा बढाइरहेका छन्। यसबीच खानले आफ्नो सुरक्षाका लागि बुलेटप्रुफ कार लिएका छन्। उनले बुलेटप्रुफ ल्याण्ड क्रुजर लिएका हुन् । उनले आफ्नो गाडीमा ‘आर्मर’ पनि लगाएका छन् भने सबै झ्यालहरुलाई बुलटेप्रुफ बनाएका छन्।

सँगै सलमानले गत साता मात्रै  मुम्बई प्रहरीका कमिश्नर विवेक फनसालकरलाई भेटेर बन्दुक राख्ने अनुमति मागेका थिए। उनले हतियार राख्नका लागि आवश्यक लाइसेन्स लिनका लागि निवेदनसमेत दिएका थिए।
हाल सलमान ‘कभी ईद कभी दिवाली’ फिल्मको छायांकनमा व्यस्त छन्। उक्त फिल्ममा सलमानसँगै पूजा हेगडे, शहनाज गिल तथा कृति सेननलगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*