Home / Feature Breaking news / पर्यटकिय आकर्षण बोकेको अचम्मको ढुङगा

पर्यटकिय आकर्षण बोकेको अचम्मको ढुङगा

 

लिलाधर वली

दाङ,१९ असोज । सुन्दा अच्चम लाग्ने, देख्दा झनै अचम्म लाग्ने दृष्य । न पानीको झरीले पगाल्छ न तँ भुकम्पले नै ढलाएको छ । अचम्मले अडेको छ यो ढुङगा । बषौदेखि माटोको ढिस्कोमाथि अडेको छ, चट्टानै चट्टानले बनेको यो ठूलो ढुङगा । देख्दा र सुन्दा अचम्मको लाग्ने यो आकर्षकको ढुङगालाई स्थानीयवासीहरुले हात्ति ढुङगाका रुपमा चिन्ने गरेका छन । यस क्षेत्रको सवैभन्दा ठुलो ढुङगा रहेका कारण स्थानीयवासी यसलाई हात्ति ढुङगाका रुपमा लिने गरेका छन । यो अनौठो दृष्य तुलसीपुर उपमहानगरपालिका–१४ ड्वाङपुरको सुन्दर रानी सामुदायिक वन समुहको जंगलमा  छ ।

 

करिव ४० देखि ४५ फिट अग्गो माटोको ढिस्कोमाथि अडेको ढुङगा पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ । स्थानीयवासीहरुका अनुसार यहि  दृष्यलाई हेर्न पछिल्लो समय स्थानीय तथा विदेशीहरु समेत उक्त ठाउँमा पुग्ने गरेका छन ।  स्थानीयवासी बेदबहादुर बिष्टका अनुसार यो प्रकृतिले बनाइएको प्राकृतिक दृष्यलाई हेर्न स्थानीय तथा विदेशीहरु समेत आउने गरेका छन ।  आफुहरुले देख्दा देखि नै यस्तै दृष्य रहेको उनले बताए । ‘यो कसैले बनाएका होइन, यो तँ आफै बनेको हो । प्रकृतिले बनाइदिएको हो’ उनले भने ।   प्रकृतिले बनाइएको अनौठौ दृष्य हेर्न जिल्लादेखि विदेशसम्मका मानिसहरु आउने गरेपनि स्थानीय सरकारले चिन्न नसकेको उनको गुनासो छ ।

dhunga

‘ यहि ठाउँमा रहेको अनौठो दृष्य हेर्न विदेशीहरु प्रत्येक बर्ष आउने गर्छन,तर हाम्रो स्थानीय सरकारलाई यसको मतलव छैन’, विष्टले भने,‘ यसको संरक्षण र प्रचारप्रसार हुन सके यो ठाउँलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने आधारहरु छन ।’ उनको जस्तै धारणा रहेको छ अर्का स्थानीयवासी नारायण चौधरीको पनि । प्रकृतिले बनाइदिएको यो अनौठो प्राकृतिक माटोको ढिस्कोमाथि रहेको ढुङगाको संरक्षण र विकास गर्न सके यसलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने उनी बताउछन । ‘यो माटोको अग्लो ढिकमा रहेको ढुङगालाई संरक्षण गर्न आवश्यक छ, तर यसको संरक्षणमा कसैले ध्यान दिएका छैनन्’, चौधरीले भने ।

 

उनका अनुसार यो प्राचिन दृष्य हो । करिव ६०÷७० बर्षअघि यो ढुङगामाथि  चढ्न सकिन्थ्यो । यहि अग्लो माटोको ढिस्कोसँग सटेको माटोको धार थियो,त्यही धारवाट मानिसहरु ढुङगामाथि चढ्ने गर्दथे । गाईबस्तु चराउन आएको समय मानिसहरु चढ्ने गरेपछि पछिल्लो समय पानीले उक्त धार बर्षेनी पगाल्दै लगेका कारण चढ्न नसकिने भएको चौधरी बताउछन । ‘पहिले यहि माटोको ढिस्कोसँग सटेको माटोको एउटा धार थियो, त्यो धार पानीले विस्तरै विस्तारै बगाएर लग्यो तर यसलाई अहिलेसम्म केही गर्न सकेको छैन’,चौधरी भने,‘त्यस वरिपरीको माटो पानी बगाईसक्दा समेत यो ठाउँको माटोलाई पानीले बगाउन नसक्दा अनौठो दृष्य बनेको छ ।’

 

यो स्थान जिल्लाको सहरी क्षेत्रभन्दा टाढा रहेको र यहाँसम्म आउन सडक सुविधा नहुदा अहिलेसम्म ओझेलमा परेको चौधरी बताउछन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष प्रशुनारायण चौधरी पनि यस क्षेत्रको संरक्षणसँगै  प्रचार प्रसार  हुन आवश्यक रहेको बताउछन । ‘यो प्राकृतिक रुपमा बनेको अनौठो दृष्य हो,यसको कसरी विकास गर्ने भन्ने प्राविधिक ज्ञान हामीलाई छैन’, वडाअध्यक्ष चौधरीले भने,‘ प्राविधिक ज्ञान नहुदा वडास्तरवाट बजेट छुट्याउन सकिएको छैन ।’ उनका अनुसार यस क्षेत्रको प्राकृतिकसँगै धार्मिक एवं पौराणिक महत्व समेत रहेको उनी बताउछन । पाच पाण्डव घुम्दै आउने क्रममा यहाँ एक रात बास बसेको धार्मिक विश्वास समेत रहेको छ, त्यही कारण चौधरीहरुले त्यसको छेउमा पूजा समेत गर्दै आएका छन । वडा अध्यक्ष चौधरीका अनुसार यो ठुलो ढुङगालाई वनको लेखमा रहेको बाघ ढुङगासँग समेत जोडेर पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*