Home / Feature Breaking news / दाङमा चैत २३ गतेदेखी “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने

दाङमा चैत २३ गतेदेखी “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने

घाेराही, २२ फागुन
दाङमा “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने भएकाे छ । राप्ती क्लब घाेराही दाङकाे अायाेजनामा चैत २३ गतेदेखी जिल्लास्तरिय रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुन लागेकाे हाे । क्लबले वुधवार घाेराहीमा पत्रकार सम्मेलन गरेर प्रतियाेगिताबारे जानकारी गराएकाे छ ।

चैत २३ गतेदेखी घाेराहीकाे भरतपुर खेल मैदानमा हुने प्रतियाेगितामा अामन्त्रित समूहहरूकाे सहभागिता हुने छ । जसमा १२ टिम रहने छन् । फिफाकाे नियम अनुसार खेलाईने र टीममा २ जना खेलाडी मात्र जिल्लाबाहिरकाे रहने व्यवश्था रहेकाे क्लबका अध्यक्ष बसन्त पुरीले जानकारी दिनुभयाे । खेल लीग र नक अाउट चरणमा खेलाईने उहाँले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय, द्वतिय हुनेले नगद २५ हजार ५ सय ५५ शिल्ड र मेडलकाे पाउने क्लबकम सचिव श्याम गिरीले जानकारी दिनुभयाे ।

त्यस अवसरमा अायाेजक राप्ती क्लब र अक्षयकाेष स्थापनाकर्ता रामशरण थापाकाे कान्छा छाेरा श्रीशरण थापाबिच सम्झाैतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा अक्षयकाेष स्थापनाकर्ता श्रीशरण थापालस ५ लाखकाे चेक क्लबका अध्यओ वसन्त पुरीलाई हस्तान्तरण गरिएकाे थियाे ।
कार्यक्रममा दाङ जिल्ला खेदकुद समितिका काेषाध्यक्ष कैलश राेका मगर, क्लबका सल्लाहकार केदारराज श्रेष्ठ, पत्रकार महासंघ दाङमा अध्यक्ष सविन प्रियासनले मन्तव्य राखेनुभएकाे थियाे ।

क्लबका सदस्य सन्देश श्रेष्ठकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सदस्य राेशनमान श्रेष्ठले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*