Home / Feature Breaking news / विप्लव नेतृत्वकाे नेकपाद्वारा फागुन २३ गते विहीवार राप्ती बन्द आाह्वान

विप्लव नेतृत्वकाे नेकपाद्वारा फागुन २३ गते विहीवार राप्ती बन्द आाह्वान

काठमाडौं, २२ फागुन ।

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भोलि फागुन २३ गते राप्ती बन्दको आव्हान गरेको छ । नेकपा राप्ती ब्यूरोका इन्चार्ज सुवासले विज्ञप्ति जारी गरी आफ्ना नेता तथा कार्यकर्ताहरुको गिरफ्तारीको विरुद्धमा राप्ती बन्दको घोषणा गरेको जनाएका छन् ।

‘‘शान्तिपूर्ण रुपमा क्रान्तिको अभिभारालाई पूरा गर्न संगठन सुदृढ तथा विस्तार अभियानमा जुटिरहेकोमा देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा हाम्रो नेता÷कार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्णरुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएको छ’’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै फागुन २० गते नेकपा रोल्पाका जिल्ला सदस्यहरु टीकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, ईश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख छ ।

received_390325031754364

विज्ञप्तिमा गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको बिनाशर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मूल्यमान्यता स्थापित गर्न फागुन २३ गते १ दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको उल्लेख छ । यो बन्द कार्यक्रमलाई सहयोग गरी सफल पार्न सबै पक्षलाई आग्रह गर्दै बन्द कार्यक्रमले पर्ने असुविधाप्रति भने पार्टी गम्भीर रहेको जनाइएको छ । । गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुको बिनासर्त रिहाई नगरेमा कडाभन्दा कडा प्रतिरोध संघर्षका कार्यक्रमहरु अघि बढाइने चेतावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*