Home / Feature Breaking news / विप्लवकाे बन्दका कारण दाङ लगायत राप्तीकाे जनजिवन प्रभावित

विप्लवकाे बन्दका कारण दाङ लगायत राप्तीकाे जनजिवन प्रभावित

दाङ, २३ फागुन

नेत्रविक्रम चन्द (विल्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले अाह्वान गरेकाे बन्दका कारण दाङ लगायत राेल्पा, प्यूठान, सल्यान र रूकुमकाे जनजिवन प्रभावित बनेकाे छ ।

नेकपा राप्ती ब्यूरोले अाह्वान गरेकाे बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था कलकारखाना बन्द रहेका छन् । आफ्नाे पार्टीका नेता तथा कार्यकर्ताहरुको गिरफ्तारीको विरुद्धमा नेकपाले राप्ती बन्दको घोषणा गरेकाे छ ।

राप्तीका विभिन्न जिल्लाबाट प्रहरीले गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्णरुपमा भइरहेकाे सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने कार्य भईरहेकाले यसकाे विराेधमा नेकपाले बन्द गरेकाे जजाएकाे छ ।

फागुन २० गते नेकपा रोल्पाका जिल्ला सदस्यहरु टीकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन र २२ गते दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, ईश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुको बिनासर्त रिहाई नगरेमा कडा संघर्षका कार्यक्रमहरु अघि बढाइने नेकपाले जिज्ञप्ती निकालेर चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*