Home / Feature Breaking news / सिमा अतिक्रमणको विरुद्धमा बिप्लव विद्यार्थीको प्रदर्शन

सिमा अतिक्रमणको विरुद्धमा बिप्लव विद्यार्थीको प्रदर्शन

दाङ, १२ मंसिर । सिमा अतिक्रमणका विरुद्धमा बिप्लव निकट विद्यार्थीहरुले घोराहीमा विहिवार विहान प्रदर्शन गरेका छन । भारतले आफ्नो देशको नक्सामा राखेको नेपाली भुमि लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको भुमि फिर्ता माग्दै घोराहीमा विद्यार्थीले प्रदर्शन गरेका छन ।

नेत्रविक्रम चन्द ‘बिप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आयोजनामा घोराही बजारमा प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय हस्तक्षेपको विरोध गर्दै भारतले मिचेको नेपाली भुमि फिर्ताको माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले सरकार विरुद्ध समेत नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा विद्यार्थी लिन कलेज पुगेका अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*